‘मदन पुरस्कार-२०७६’ का लागि छानिए ७ पुस्तक

मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार-२०७६' का लागि निम्न सात पुस्तकहरू छनौट गरेको छ। कूल १५१ पुस्तकहरू पुस्तकहरू मध्येबाट सात पुस्तकहरू छनोट भएको हो । छनौटमा परेका यी पुस्तकहरू मध्ये एउटा पुस्तकलाई वर्ष २०७६ को मदन पुरस्कार प्राप्त गर्नेछ । 

जोकरको बन्दुक - विमल निभा 
धसैंधर्साको चक्रव्यूह - तीर्थ श्रेष्ठ  
परित्यक्ता  - भुवन ढुङ्गाना
महारसनिघण्टु (खण्ड १ – ३)  - योगी धर्ममहारस
महारानी - चन्द्रप्रकाश बानियाँ  
मोहपथ - ललित बिष्ट 
यात्रामा - शारदा शर्मा