Mohapath
MohapathMohapath

Mohapath

मोहपथ

E-book
Rs 150
Paperback
Rs 337Rs 375
Genre:Short Stories
Language: Nepali
Published:2019
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937705479
ISBN10:9937705479
Pages:299
Dimensions:5.1 x 7.9 x 0.6 inches
Weight:221 g

पछिल्लो बाहिरी पृष्ठबाट

नेपाली समाजमा तकनिकीका अनेकन् कथाहरू छन् । असमावेशी समाजमा परम्परागत संस्कारका खुनी हर्कतहरू छन् । आर्थिक दरारले थिलथिलो पारिएका निस्पृहताहरू छन् । सामाजिक मर्यादामा विभेदका ठूल्ठूला खाडलहरू छन् । मानिसका गरिबी र पछ्यौटेपनमा मानिसकै संवेदना शून्य छ । नयाँ र सुखी जीवन बाँच्न मानिसहरू सङ्घर्ष त गरिरहेकै छन् तर एक्लाएक्लै । अलगथलग भोगाइ र बुझाइले चेप्टिएर मानिस साँच्चिकै रूग्ण बनिरहेको छ । हो, यही क्रुर समयमा दिमाग थङ्थिलो भएका मानिसहरूको कथा कथ्ने शिल्पी हुन् - ललित बिष्ट ।

स्वैरकल्पनाजस्तो लाग्ने तर हामीले ठीक यतिबेला बाँचिरहेको यथार्थता नै यस कृतिको विशिष्टता हो । मनोवैज्ञानिक भावभूमिमा जटीलताहरूको पहिचान गर्दै दुःख निरूपण लेखिएका ललितका कथाहरूले पाठकहरूलाई नयाँ स्वाद दिनेछन् । विश्वासका साथ भन्न सकिन्छ, यो नेपाली आख्यानमा दरिलो कृति हो ।