Dharsai Dharsako Chakrabyuha (धर्सैधर्साको चक्रव्यूह: कवितासंग्रह)

by Tirtha Shrestha

NPR293.25 NPR345.00


Format: Paperback
Publisher: Publication Nepalaya
Genre: Poetry
Language: Nepali
Origin: Nepal
Edition: 1st
ISBN13: 9789937932073
ISBN10: 9937932076
Pages: 161
Published: Sept. 27, 2019

तीर्थ श्रेष्ठ सुपरिचित कवि तथा गीतकार हुन् । उनले गजल र मुक्तकमा पनि कलम चलाएका छन् । कवि तीर्थ एकताका नेपाली साहित्यिक जगत्मा चर्चित तरलवादी आन्दोलनको नेतृत्वदायी पङ्क्तिमा थिए |

२०१६ सालमा पोखरामा जन्मेका कवि तीर्थले पञ्चायतकालमा प्रजातान्त्रको पक्षधर भएर सक्रिय राजनीति गरेका थिए | उनीसँग पोखरा नगरमा जनपक्षीय प्रतिनिधित्व गरेको अनुभव पनि छ । उनी अहिले राजनीतिबाट पन्छिएर पोखराको सांस्कृतिक प्रवर्धन र साहित्यिक उन्नतिका निम्ति क्रियाशील छन् ।

विभिन्न पुरस्कार र सम्मानबाट विभूषित कवि तीर्थका 'जिन्दगीको कुरुक्षेत्रबाट', 'महाभारतका गीतहरू', 'मेरै हिमालजस्तो' लगायत कृति प्रकाशित छन् । उनी जीवन र जगत्को सङ्घर्षशील समयको भावलाई सरल र सुरुचिपूर्ण शब्दमा बुन्ने सीप भएका मौलिक शिल्पकार हुन् । नेपाली कवितामा लामो समयदेखि साधनारत कवि तीर्थको 'धसैंधर्साको चक्रव्यूह' मा त्यही मौलिक सीपले सजिएका कविताहरू समेटिएका छन् ।