चितवन, असार १५ — खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले खेमलाल–हरिकला लामिछाने साहित्य पुरस्कारका लागि पहिलो चरणमा छनोट भएका १५ पुस्तकको विस्तारित सूची (लङलिस्ट) सार्वजनिक गरेको छ।
प्रतिष्ठानले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार वि.स.२०८२ सालमा प्रकाशित १९२ वटा साहित्यिक पुस्तक यस प्रतिष्ठानमा प्राप्त भएका थिए । ती मध्ये पुरस्कार चयन समितिले पहिलो चरणमा निम्न पन्ध्र पुस्तकको विस्तारित सूची प्रतिष्ठानलाई उपलब्ध गराएको छ । यो सूचीबाट समितिले आगामी महिना पाँचवटा पुस्तकको उत्कृष्ट संक्षिप्त सूची चयन गर्नेछ विस्तारित सूचीका कृतिहरु अकारादी क्रममा यसप्रकार छन ।
कृति
१. अ -विधवा : गोविन्द गिरी प्रेरणा
२. कल्प : डा. नवराज लम्साल
३. जगज्जननी उसकी आमाको नाम होइन : नारायण ढकाल
४. तुलु राजा : चन्द्रप्रकाश बानियाँ
५. तोरकीन : क्षितिज समपर्ण
६. दहाड : नवीन अभिलाषी
७. परिधि : उमा सुवेदी
८. पैकेलो : ओम रिजाल
९. भग्न प्रेमशाला : खगेन्द्र गिरी
१०. मध्यको उज्यालो : भूपिन
११. महायुग : सीमा आभास
१२. स्वस्पर्श : डा. नवराज केसी
१३. सलह : श्रवण मुकारुङ
१४. सूतपुत्र : शंकरप्रसाद गैरे
१५. हिउँद : नदीश
प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा जारी विज्ञप्तिमा पुरस्कार छनोट प्रक्रिया निष्पक्ष र पारदर्शी रूपमा अघि बढाइएको उल्लेख गर्दै विस्तारित सूचीमा परेका सबै स्रष्टालाई बधाई तथा शुभकामना व्यक्त गरिएको छ।