Paperback

Rs 495

पछिल्लो बाहिरी पृष्ठबाट

सबैभन्दा कमजोर स्थानबाट सबैभन्दा तीखा प्रश्नहरूसहित दर्ज गरिएको अभियोगपत्र हो, दहाड । समाज विकासको इतिहासमा सत्ता र संरचनाले मिलेर सजाएको भयानक चिहान उत्खनन् गरेर तयार पारिएको हाडखोरहरूको हिसाब हो । यसमा शोषणका सम्पूर्ण पाउपञ्जा केलाइएको छ । दुःख र उपेक्षाको सीमान्त तहमा फुटेको यो चिच्याहटमा काल्पनिक विलास शून्यप्राय: छ ।

पञ्चायतकालीन परिदृश्यमा भनिएका यी कारुणिक कथाहरूले मानिस हुने तीव्र आकांक्षा पालेका भुइँमान्छेहरू आजपर्यन्त भुइँमै भासिरहेको यथार्थ बोल्छन् । दुखेर पनि दुखेको थाहै नपाउने र दुख्यो भन्न नपाइने यस्तो धर्मधर्तीमा बाँच्न अभिशप्त निर्धा पात्रहरूले द्रवीभूत पार्छन् । झङ्कृत मस्तिष्क र रोदनमय आँखाहरू लिएर कम्पन छुटेका हातहरूले किताब बन्द गरेर पाठकहरूले सुस्केराहरू छोड्नेछन्, उफ...

त्यो भयावह जिन्दगी नभोगी यस्ता कथाहरू लेख्न सकिँदैन, आफ्ना अक्षरहरूसँगै निस्सासिएर रोएको हुनुपर्छ लेखक । छातीमा गर्जनका ज्वारभाटा नउठी यस्ता कथाहरू जन्मिँदैनन्, जसले यी कथा पढ्नेछन्, उनीहरू शान्तले निदाउन सक्ने छैनन् ।

All Editions

9789937990387
Paperback
ISBN13: 9789937990387
Sangri-La Books, 2082

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review