Uttam Shanti Puraskar

Uttam Shanti Puraskar - 2077

४३ वर्षको उमेरमै दिवंगत हुनुभएका कुँवरको देहावसानपछि उहाँकी धर्मपत्नि शान्ति कुँवरले यो पुरस्कारको स्थापना गर्नुभएको हो । उहाँको पनि देहावसान भएपछि ‘उत्तम शान्ति पुरस्कार’ भनेर पुनर्नामाकरण गरिएको हो । हाल १ लाख राशि रहेको यो पुरस्कार वर्षभरि प्रकाशित गैरआख्यान कृतिमध्ये चयन समितिबाट उचित ठानिएको कुनै एक कृतिलाई प्रदान गरिन्छ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले २०४४ सालदेखि आख्यानमुक्त गद्य विधामा रचना गरिएका उत्कृष्ट नेपाली कृतिहरुलाई उत्तमशान्ति पुरस्कारद्धारा सम्मानित गर्दै आएको छ । Uttam Kunwar Smarak Puraskar Guthi, Kathmandu Establised in 2045 B.S
View winners for all years

Winner

Bigat ra Baduli
भारती गौतमद्वारा लिखित संस्मरण कृतिलाई २०७७ सालको ‘उत्तमशान्ति पुरस्कार’ प्रदान गरिएको छ । गत जेठ १२ मा प्रदान गरिनु पर्ने कार्यक्रम कोविड-२०१९ का कारणले ढिलो हुन गई शनिवार प्रदान गरिएको हो । ‘विगत र बाडुली’मा लेखक भारती गौतमले कतिपय निजात्मक अनुभूतिलाई विचार, कला र संवेदना मार्फत समकालीन समाज र त्यसभित्रका मानवीय सम्बन्धका अनेक आयामहरूको चर्चा गर्नुभएको छ । सरल भाषा मार्फत जीवन जगतका जटिल कुराहरूलाई अभिव्यक्त गर्न सफल भएवापत लेखक भारती गौतमलाई २०७७ सालको उत्तम शान्ति पुरस्कार प्रदान गरिएको व्यहोरा गुठीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।