बालविवाहको रुख ढले पनि जरा कहीं कतै बाँकी नै छन् । जातीय विभेद अनि छोइछिटो कागजमा नामेट भए पनि अजम्बरी बीज बनेर कतिपयको अन्तर्मनमा रोपिएकै छ । विधवालाई हेर्ने आँखा मात्रै फेरिएका हुन्, दृष्टिकोण उही छ, उस्तै छ । सतीप्रथाको भौतिक संरचना भत्किए पनि मनोवृत्तिमा यो जीवितै छ । दासप्रथाको साङ्लो छिनालिए पनि बन्धन फुकेको छैन, झन् झन् कसिलो छ । निर्मूल नहुने महारोग बनेर घुसतन्त्र अनि भ्रष्टाचारले समाज थिलथिलाएकै छन् । धर्मका भित्तामा आड लागेर गरिने अनेक शोषण पनि दुरुस्तै छन्।
योगमायाको कथा अघिल्लो शताब्दीको हो । ठूलीहजुर कथाकी केन्द्रीय नायिका हुन्, जसले समाजमा हुने प्रायः बेथिति झेल्छिन् । त्यही भोगाइले उनलाई समाज सुधारतर्फ अविराम डोयाउँछ । त्यसैमा टेकेर उनी विद्रोहको बिगुल फुक्दै असहमतिको स्वर उराल्छिन् । सर्वकल्याणी मानव स्वतन्त्रताको आगो ओकल्छिन् । त्यसलाई देखेर तत्कालीन सरकार र समाज निकै अत्तालिन्छन् । उनलाई रोक्न हरसम्भव प्रयास गर्छन् । तर सक्छन् त ? निभ्छ आगो ? रोकिन्छन् पाइला?
व्यक्ति एक्लो हुन सक्छ तर उसको एक विचारले कैयाँको भीड जन्माउँछ । के योगमाया एक्ली थिइन् ?
कुनै-कुनै कथा इतिहास हुँदाहुँदै पनि वर्तमान भएर बाँच्छन् । योगमाया यस्तै कथा हो ।
Yogmaya is a nepali fiction written by Neelam Karki Niharika. Yogmaya is based on the life of female protagonist Yogmaya Neupane (1860-1941), a religious leader and women rights activists born in Bhojpur, who fought against the autocratic Rana regime. Awarded Madan Puraskar 2074 BS
Your review helps others make informed decisions
Click on a star to start your review