Delivery in 1-3 days
कवि बसन्त चौधरीरचित 'तिमीविनाको म' शीर्षक कवितासङ्ग्रहमा लामा-छोटा गरेर ८५ कविताहरू सङ्कलित छन् । सङ्ग्रहीत कविताहरूलाई मनन गर्दा आत्मपरकताको उदाहरणीय प्रयोग गरेको पाइन्छ ।
“बसन्त चौधरीका कवितामा मैले प्रेमका तीन आयाम फेला पारेको छु । मानवीय प्रेम पहिली पाटो हो, जहाँ प्रेमको सामान्य रुप हुन्छ। देशप्रतिको प्रेम दोस्रो पाटो हो, जहाँ भावनात्मक आदर्श रुप पाइन्छ भने पिताप्रति गरिने प्रेम तेस्रो पाटो हो, जसमा देवत्वको प्राप्ति छ।
-राष्ट्रकवि माधव घिमिरे
बसन्तकुमार चौधरीका लेखनले इमानदारीपूर्वक सधैं राष्ट्रिय तथा सामाजिक समस्याको मूलभूत धरातल स्पर्श गर्न खोज्छन् र इमानदारीसहित समाधान र निदान पनि सङ्केतित गर्छन्। यीनै विशिष्टाले बसन्तजी हाम्रो नेपाली वाङ्मयका अनन्य चिन्तक व्यक्तित्व हुनुहुन्छ।
-ईश्वरल्लभ