Sarwajanik Prashasan's front cover

Sarwajanik Prashasan

सार्वजनिक प्रशासन
Sarwajanik Prashasan's front coverSarwajanik Prashasan's back cover

Paperback

Currently not available.

Contact us for further queries.

पछिल्लो बाहिरी पृष्ठबाट

सरकारका निकायहरूबारे एउटा भनाइ छ- दायाँ हातलाई थाहा छैन बायाँ हात के गर्दैछ । अहिले Journey mapping गर्ने हो भने सामान्य कामको लागि सेवाग्राही कति ठाउँ धाउनुपरेको छ भन्ने बुझ्न सकिन्छ । यसलाई सुधार गर्न सरकारले प्रभावकारी समन्वय संयन्त्र बनाए पुग्दछ । यति पनि सरकारले गर्न सकेको छैन । - उमेश मैनाली

वित्तीय सङ्घीयता सङ्घीयताको आत्मा हो। राजनीतिक सङ्घीयता र प्रशासनिक सङ्घीयतालाई वास्तविक रूपान्तरण गर्न वित्तीय सङ्घीयताको सबल ढाँचा र कार्यान्वयन अपरिहार्य हुन्छ । वित्तीय सङ्घीयता सरकारका तहहरूबीच राजस्व आर्जन र खर्च गर्ने तरिका तथा जवाफदेही वित्त प्रणालीसँग अन्तरसम्बन्धित हुन्छ ।

- डा. सोमलाल सुवेदी संवैधानिक विवादको प्रभावकारी समाधानका लागि दीर्घकालीन समाधानको विषय भनेको कि त संवैधानिक अदालतको स्थापना हो कि त साविकको विशेष इजलासको व्यवस्थालाई पुनः क्रियाशील गराउनु नै हो । यी दुईमध्ये कुनै एक विकल्पको प्रयोगका लागि संविधान संशोधनको आवश्यकता पर्दछ । त्यसैले यो समय लाग्ने प्रकृतिको सुधारको उपाय हो । छुट्टै संवैधानिक अदालतको स्थापना गर्ने उपायलाई अवलम्बन गर्ने हो भने त्यसले I अध्ययनको खोजी गर्दछ । तुलनात्मक - श्यामकुमार भट्टराई

निकै लामो अनुभव बटुली सके पनि नेपालको आर्थिक कूटनीतिले अपेक्षित प्रतिफल दिनसकेको छैन । आर्थिक कूटनीतिको प्रभावकारिता कम हुँदाहुँदै पनि नेपालले वर्षेनी रु. १५ खर्ब बराबरको वाहय आर्थिक स्रोतहरू आर्जन गरिरहेको छ । आर्थिक कूटनीतिको प्रभावकारिता वृद्धि गर्ने हो भने यी स्रोतहरूलाई अझ बढाएर नेपालको आर्थिक विकासमा लगाउन सकिन्छ । अतिकम विकसित मुलुकबाट स्तरोन्नति भएपछि वैदेशिकक व्यार र सहयोगसमेतमा गुम्ने सहुलियतहरूको साटो नेपालले आफ्नो प्रतिस्पर्धी क्षमतामा खरो उत्रन पनि आर्थिक कूटनीतिलाई थप सबल बनाउनुपर्ने हुन्छ। -मधुरमण आचार्य

नेपालमा सुशासन कायम गर्ने प्रयोजनका निम्ति जारी भएका कानूनहरूको कार्यान्वयन पक्ष ज्यादै फितलो छ । मुलुकले मुशासनको अनुभूति दिन सकेको छैन । विचौलिया र दलालको बिगबिगीले सेवाग्राहीहरूले पाउने सेवा महंगो बनेको छ । राज्यले त्यसलाई नियन्त्रित र व्यवस्थित गर्न सकिरहेको छैन । - काशीराज दहाल

संवैधानिक नैतिकता राज्यका उच्चाधिकारिहरूको स्वैच्छाचारी, निरङ्कुश वा एकाधिकारविरुद्धको एक महत्त्वपूर्ण र बन्धनयुक्त संवैधानिक आदेश पनि हो । - डा. दीवाकर भट्ट

 

All Editions

Paperback
Pairavi Book House

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review