Delivery in 1-3 days
यस उपन्यासमा हाल नेपालमा भइरहेको सहकारी संकट, संकट आउनाको कारण आर्थिक अपचलन भएको अनि आर्थिक लोभ र लाभको सम्मिश्रणले निम्त्याएको जटिल समस्यालाई प्रतीकीकरण गर्दै त्यस्तो समस्याले गर्दा उत्पन्न जटिलताबाट सामान्य नागरिकको जीवनमाथि परेको त्रास एवं कष्टकर अवस्थालाई प्रयोगपरक शैलीमा रोचक ढंगमा कथानक बनाई प्रस्तुत गरिएको छ।
जहाँ असत्यको खेलमा सत्य लुकाइन्छ, त्यहाँ न्यायको आशा गर्नु व्यर्थ |
जहाँ न्याय हुँदैन, त्यहाँ निर्दोषको कुनै सहारा हुँदैन । यसैले जहाँ न्याय छोपिन्छ, त्यहाँ निर्दोषको भाग्नु त स्वाभाविकै बन्दछ |
जहाँ निर्दोष हुनाको प्रमाण खोजिन्छ; मान्नुस्, त्यहाँ असत्यको दम्भ बढिरहेकै हुन्छ ।
अनि निर्दोष हुनाको प्रमाण खोजेर त्यसको कुनै महत्व र अर्थ राखिने छैन भने सामान्यभन्दा सामान्य मान्छे पनि पूर्णतः टुक्रिनुभन्दा पहिला आतङ्कित त हुन्छ नै, अनि त्यसपछि टुकिँदै टुकिँदै असहाय वृत्तमा क्षीण भएर रहन्छ नै ।