Sangrambahadur Sarki
Sangrambahadur SarkiSangrambahadur Sarki

Sangrambahadur Sarki

सङ्ग्रामबहादुर सार्की

Paperback
Rs 377 Rs 419
Genre:Stories
Language: Nepali
Published:March 25, 2023
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937950053
ISBN10:9937950058

पछिल्लो बाहिरी पृष्ठबाट

यस देशमा दलितको रगतपसिनाले नभिजेको जमिन, दलितमाथि अत्याचार नभएको कुनै व्यवस्था र दलितको बलिदान नभएको कुनै आन्दोलन भेट्टाउन कठिन छ । त्यसरी नै कठिन छ, दलितका भव्य र उच्चतम योगदान र त्यागले भरिएका इतिहास र साहित्यको एक झलक पाउन । दुःखका पर्वत, आँसुका सागर र विद्रोहका अनगिन्ती शृङ्खला दलितले भोगेका छन्, पार गरेका छन् । तर, ती सक्कली र जिउँदा कथा धेरैका लागि साहित्य सिर्जनाका विषय बनेनन् । खगेन्द्र संग्रौलाको 'सङ्ग्रामबहादुर सार्की' यस्ता कथाहरूको सङ्ग्रह हो, जसले दलित जीवनमाथि सामन्त र जमिनदारले गरेको शोषण, दमन र अत्याचारको पराकाष्ठालाई उतारेको छ । जातकै कारण पाइलैपिच्छे घृणा, अपमान र तिरस्कार खेप्न बाध्य पारिएका र त्यस्तो सामन्ती र अत्याचारी व्यवस्थाविरूद्ध निरन्तर विद्रोहरत दलित समुदायको प्रतिरोधलाई कथाकारले आफ्नो कथालोकमा समेटेका छन् । यस किताबमा सङ्गृहीत २०२७ देखि २०५५ सालका बीचमा लेखिएका कथाहरूले अत्यन्त मार्मिक भाकामा दलित जीवनको वास्तविकता बोल्छन् । पञ्चायतकालीन समयमा लेखिएका अधिकांश कथाले तत्कालीन समाजको यथार्थ प्रतिविम्बन गर्छन्, जुन अहिलेको वास्तविकताभन्दा केही फरक हुन सक्छ । यस सँगालोले मूलतः पहाडी दलितका जीवन, सङ्घर्ष र विद्रोहलाई समेटेको छ ।

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode