Sanghiya Nepalko Bhu-rajnaitik Arthavyavasthaka Aayamharu
Sanghiya Nepalko Bhu-rajnaitik Arthavyavasthaka AayamharuSanghiya Nepalko Bhu-rajnaitik Arthavyavasthaka Aayamharu

Sanghiya Nepalko Bhu-rajnaitik Arthavyavasthaka Aayamharu

सङ्घीय नेपालको भू-राजनैतिक अर्थव्यवस्थाका आयामहरू

E-book
Rs 150
Paperback
Rs 300
Genre:Economics, Non-fiction
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937951838
ISBN10:9937951836

पुस्तकको बारेमा

विश्व मानचित्रमा नेपाल सानो देखिए तापनि उदयमान अर्थतन्त्र भएका दुई ठुला मुलुक चीन र भारतको भूगोल जोडिएको देश हुनुको नाताले भूराजनीतिक अर्थव्यवस्था निकै पेचिलो बनेकोछ । ईतिहासमा नेपालको जेजस्तो शान र मान थियो यसलाई कायम राख्न विगतको कुरा सम्झेर मात्र पुग्ने अवस्था छैन । यहाँको परिवर्तित राजनीति व्यवस्था, विश्वको वदलिदो सूचना र प्रविधिको प्रयोग, विज्ञानको प्रयोगबाट भैरहेका उपलब्धीहरु, आम नागरिकका दैनिकी तथा जनजीविका आदिलाई ध्यान दिएर नेपालले हरेक छिमेकी मुलुकसँगको सम्बन्धलाई हेर्ने दृष्टिकोण र उनीहरु ति बनाउने धारणा फरक प्रकृतिको हुनु आवस्यक छ । परिवर्तित समयमा बदलिदो भूराजनीतिक दृष्टिकोणबाट अरु देशहरुमा कस्तो सम्बन्ध बनाउने हो सोहि विषयप्रति केन्द्रित भएर विदेश नीति बनाउनु नितान्त आवस्यक भैसकेको छ । नेपालले हिजोदेखि अंगिकार गरेको पञ्चशिल र असंलग्नता सहितको परराष्ट्रनीतिबाट मात्र बदलिदो परिवेशमा साध्य नहुने हुँदा यसलाई समायानुकुल परिवर्तन गरेर लैजानु आवस्यक देखिन्छ।। नेपालमा विभिन्न कालखण्डमा भएका परिवर्तनहरुमा आम नागरिकको संलग्नता, विदेशी सहयोग र हस्तक्षेप, छिमेकीबाट प्राप्त अनुभूतियोग्य वातावरण, नेपालको राष्ट्र र राष्ट्रियता, समाजवादी व्यवस्थाले अंगिकार गरेका आर्थिक नीति तथा सोको प्र योगबाट देखिएका उपलब्धीहरु आदिको गहन समिक्षा र विश्लेशष गर्दै नेपालले विगतदेखि वर्तमान समयमा आर्थिक रुपान्तरण र राजनैतिक परिवर्तनका घटनाक्रममको विचमा रहँदा भोग्नु परेका र खेपिरहेका ज्वलन्त समस्याहरु समाधानमा अबको भूमिका के कस्तो रहने भन्ने सवाल यस पुस्तकमा भेटाउन सकिन्छ । हाम्रो भूगोल, हावापानी, माटो, प्राकृतिक स्रोत र साधन, राजनैतिक अर्थव्यस्था, नेपालको राष्ट्र र राष्ट्रियता, प्रशासनिक संयन्त्र र यसका कार्यहरु, कृषिकार्य, नेपालको वैदेशिक नीति, वाणिज्य तथा व्यापार, खुला वजार अर्थनीति र शहकारी जस्ता विषयमा खोजमुलक जानकारी दिने प्रयास गरिएको छ ।अन्तमा यो पुस्तक प्रशासक, राजनैतिककर्मी, विभिन्न पेशागत संगठन, शिक्षक, विद्यार्थी, अनुशन्धानकर्ता र नेपाललाई मायाँ गर्ने आम नेपालीका लागि एउटा खुराक बन्नेछ भन्ने विश्वास राख्दै थप कमजोरिहरु हटाउन आम पाठकबाट सकारात्मक सुझाव पाउने अपेक्षा गरिएको छ।