Samvaidhanik Patni
Samvaidhanik PatniSamvaidhanik Patni

Samvaidhanik Patni

संवैधानिक पत्नी

Paperback
Rs 243 Rs 270
Genre:Short Stories
Language: Nepali
Published:January 22, 2021
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937312714
ISBN10:993731271X
Weight:80 g

पुस्तकको बारेमा

बेलायत निवासी डायोस्पोरिक साहित्यकार कृष्ण बजगाईं विगत २१ वर्षदेखि नेपाल बाहिर रहेर नेपाली भाषा साहित्यको सेवा गरिरहनु भएको छ । समकालीन साहित्य प्रतिष्ठान बेलायतका संस्थापक अध्यक्ष, प्रवासन अनुसन्धानमूलक अन्तर्राष्ट्रिय जर्नलका प्रधान सम्पादक, विगत १४ वर्षदेखि समकालीन साहित्य (samakalinsahitya.com) नामक साहित्यिक वेब पत्रिकाको सम्पादन तथा प्रकाशन गरिरहनु भएको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक संघसंस्थाको नेतृत्व तहमा रहेर कार्य गर्नु भएका बजगाईंले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान प्राप्त गर्नु भएको छ । उहाँका नियात्रा त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयको स्नातक तहको पाठ्यक्रमा पढाई भइरहेको छ भने एउटा लघुकथा म्यान्मार(बर्मा)को नेपाली स्कूलमा कक्षा ९ मा पढाई भइरहेको छ ।
१३ कृतिका सर्जक बजगाईको ‘संवैधानिक पत्नी’ चौंथो लघुकथासङ्ग्रह हो । यस अघि उहाँका यन्त्रवत् (२०६४), रोडम्याप (२०६५), कवच (२०७२) लघुकथासङ्ग्रह प्रकाशित भएका छन् ।
‘संवैधानिक पत्नी’ लघुकथासङ्ग्रहमा आजको नेपाली तथा डायोस्पोरिक जीवन र समाजको भोगाई एवम् अनुभूतिको जीवन्त प्रतिबिम्ब आएका छन् । उक्त सङ्ग्रहका कथामा नेपालको सामाजिक, राजनीतिक, आर्थिक, प्रशासनिक तथा प्रेम र यौनमा देखिने गरेका संगतिहिनाप्रति तीब्र ब्यंग्य छन् ।
धेरै जसो विवृत्त समापनमा टुंगिने यस सङ्ग्रहका लघुकथाहरु कौतुहलमय शैली, रोचक, घोचक, तीब्र र रहश्यमय पटाक्षेपका कारण आस्वद्य बनेका छन् ।

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode