Currently not available.
Contact us for further queries.नेपालमा सबैभन्दा धेरै बहस र चर्चा भएको विषय सुशासन हो । अनि कहिल्यै हासिल गर्न नसकिएको पनि सुशासन नै हो । नेपालमा अनियमितताले यसरी जरा गाड्न पुग्यो, जसलाई फाल्न २४० वर्ष लामो हिन्दु सामन्ती राजतन्त्र फाल्नभन्दा कठिन हुने देखिन्छ । किनकी, सुशासनको कोणबाट हेर्दा मुलुकको हावापानी नै दूषित भइसकेको छ । हावापानी नै दूषित हुनुको अर्थ हो, स्वच्छ नै देखिने किन नहोस् धेरथोर चुकिसकेको हुन्छ ....
मलाई यो कुराको राम्रोसँग हेक्का छ कि भ्रम नै किन नहोस्, तर अधिकांशलाई ठीक अर्थात् प्रिय लागिरहेको आस्थाका विरुद्ध बोल्नु कसैले बढो स्वादका साथ हात चाटी-चाटी खाइरहेको खानालाई छि:छिः भनिदिनुजत्तिकै अमिल्दो र चुनौतीपूर्ण कुरा पक्कै हो । यद्यपि, सत्य नै यही भएपछि चुनौतीको सामना गर्नु हरेक सचेत मानिसको दायित्व बन्न जान्छ। तत्कालका निम्ति प्राय:लाई यस्ता एन्टिथेसिस् अप्रिय र अस्वीकार्य लाग्छ, तर प्रकारान्तरमा यसले दिने फल काफी स्वादिष्ट र स्वीकार्य हुन्छ। त्यस बेला चर्च, पादरी र धार्मिक अनुयायीको विश्वासविपरीत वैज्ञानिक तथ्य र तर्क अगाडि सार्ने कुरा ग्यालिलियो ग्यालिली र चार्ल्स डार्विनलाई पनि कम्ती चुनौतीपूर्ण कहाँ थियो र, ज्यानकै खतरा थियो ! तर चुनौती नै सही, उनीहरूले धार्मिक अन्धविश्वासमाथि धावा बोल्दै तर्कपूर्ण ढंगले सत्य उजागर गरेरै छाडे । एकपटक कल्पना गरौं त, ग्यालिलियो र डार्विनजस्ता समाजका सचेत मान्छेले धार्मिक मान्यतामाथि वैज्ञानिक प्रहार नगरेका भए आज मानव समाज कहाँ हुन्थ्यो, त्यहीँ हुन्थ्यो जहाँ १६-१७औं शताब्दीका मानिस थिए । वैज्ञानिक विकासमा त वज्रपात हुन्थ्यो नै त्योभन्दा खतरनाक धार्मिकताको सर्वोपरिता अर्थात् ईश्वरीय अवधारणाको भ्रमपूर्ण ज्ञानले नै सर्वोत्कृष्टताको स्थान लिइरहेको हुन्थ्यो। तर, डार्विन र ग्यालिलियोजस्ता महामानवले तत्कालीन चर्च, पादरी र धार्मिक अनुयायीबाट पैदा हुन सक्ने सम्भावित खतराको सामना गर्ने दुस्साहस गर्दा नै आज विश्व ब्रह्माण्ड रिमोटको अधीनमा आउन सकेको हो।
Your review helps others make informed decisions
Click on a star to start your review