Delivery in 1-3 days
मैले अक्षर नचिनेकाहरूको पीडा कस्तो हुँदो रहेछ भन्ने कुरा खगेन्द्र संग्रौलाका लेखबाट चिन्ने र जान्ने मौका पाएँ। जमिनदार हजुरबुबाको जमिनदार नाति बन्ने मेरो रहरलाई खगेन्द्र संग्रौलाका कुराले ध्वस्त पारिदिए । उहाँको लेखले मलाई कहिले संरचनाको पिंधमा पारिएका महिलाहरूसँग हिमचिम गरायो, कहिले दलित, मधेसी, कमैया, ठेलिएका जाति त कहिले पेलिएका अल्पसङ्ख्यक भाषी बन्न सिकायो । मेरा निम्ति मेरो परिवारले, मेरो गुरुकुलले निर्माण गरिदिएका परिचयहरू पनि उहाँका लेखले पालैपालो ध्वस्त गरिदिए, मेरो परिचयलाई म आफैभित्र विलीन गराइदिए र मैले आफैभित्र आफ्नो परिचय खोज्न थाले ।
"समकालीन नेपाली लेखनमा खगेन्द्र संग्रौलाजत्तिको प्रखर शिल्पी सायद शिला (सरि) खोज्नुपर्ला ।"
"उनका लेख किन यति साहो लोकप्रिय छन् भने उनी सबैभन्दा निर्भीक नेपाली लेखक हुन् ।"
"खगेन्द्र संग्रौला आक्रामक गद्यका अनुपम स्रष्टा हुन । लेख, निबन्ध राजनीतिक टिप्पणी र प्रतिवादमा उनको यस्तो आक्रामक गद्य उजागर हुने गर्छ । भाषामा रहेको त्यही आक्रामक सौन्दर्यले उनको विशिष्ट परिचय निर्माण गरेको छ। उनले कथा, उपन्यास र संस्मरण लेखनमा चाहिं आक्रामक गद्यलाई पूर्वेली भाषिकाको लचकदार बान्की दिने गरेका छन । यहाँ सडकलित व्यक्तिचित्र लेखनमा हामी त्यस्तो स्वाद भेट्न सक्छौं । एकातिर आक्रामकता र अर्कोतिर जनबोलीबाट टिपिएका शब्दहरूले स्थान पाउने आख्यानको भाषामार्फत खगेन्द्र संग्रौलाको रचनाकारिता स्वाधीन व्यक्तित्वको निर्माणमा अग्रसर छ । त्यो अग्रसरता यस पुस्तकमा हामी छर्लङ्ग देख्नेछौं ।"
Your review helps others make informed decisions
Click on a star to start your review