Delivery in 1-3 days
सदियौंदेखि तिमीले निर्माण गरेको
धर्मको परिभाषा बदल्न
संस्कारको व्याख्या बदल्न
ज्यानको बाजी लगाएर अघि बढेकी छु
रोकिने छैनन् मेरा यी पाइलाहरू
दबिने छैनन् मेरा यी आवाजहरू किनकि, मसँगै अब
भर्खर 'म' बन्न सिक्दै गरेकी मेरी छोरीलाई
तिम्रो विरासतको पिञ्जराबाट मुक्त गर्नु छ
कथित धर्म र संस्कारको ठेकेदारीबाट मुक्त गर्नु छ
र, स्वतन्त्र पन्छी
उड्दै उड्दै तिम्रो एकल सत्तामाथि
विजयका पताकाहरू फहराउन सक्षम बनाउनु छ ।