Delivery in 1-3 days
शिव प्रकाशकृत पहिलो उपन्यास हो, समभोक । यसमा भोक, भोग र सम्भोगको बिछट्ट संसार छ। समभोकले आप्रवासी जीवनको अर्को पाटोको अथः र इति उतारेको छ। यसलाई आख्यानको आविष्कार पनि भन्न सकिन्छ । चिरनूतन विषय, प्रयोग, झरिलो भाषा र सूक्ष्म शैलीमा विरचित यो उपन्यास हातमा लिएपछि पाठकले बिसाउने मेसो पाउँदैनन् ।
संसारमा भोक, भोग र सम्भोग गरी तीन कुरा अजम्बरी छन्। यही विषयभित्र रहेर लेखकले दर्शन र भोकका विषयमा गहन रूपमा पुस्तक लेखेका छन् । शारीरिक भोक, पैसाको भोक, यौनको भोक सबै यसमा देखाइएको छ
आप्रवासनका क्रममा विवाहेत्तर सम्बन्धमाथि लेखिएको आख्यान हो, ‘समभोक’ । यसमा ‘भोकाहोलिक’ पात्रहरूको अपूर्व जमघट छ । नारी हुन् कि पुरुष, प्रायः पात्र बहुगामी देखिन्छन् । जस्तोः ईशू सुवीसँग बरालिएको छ, सुवीको लोग्ने सुन्दास रेशमीतिर लहसिएको छ । मुग्धा ईशूतिर आकर्षित छे । फूलकुमार किस्नमायातिर सल्किएको छ । त्यसमा प्रीतिमय आनन्द नपाएर मेक्सिकन मामासिताको अँगालोमा नारिएको छ । किस्नमाया कैयौँ फूलकुमारहरूलाई छक्याइरहेकी छ । मुग्धाको लोग्ने गोपालजीको ‘एक्स्ट्रा–अफेयर’ कोसित छ, आख्यान त्यति बोल्दैन । - राजकुमार बानियाँ
भोकले साइनो बदल्छ । भोकले सम्बन्ध बदल्छ । भोकले नाम बदल्छ । भोकले काम बदल्छ । भोकले मान्छे बदल्छ । भोकले संसार बदल्छ ।
‘भोक आफैँमा कति भोको छ ? भोकभित्र कति भोक बाँचेका छन् ? कति भोक भोकै छन् ? कति भोकले भोक मेटेका छन् ? कति भोक भोकै मरेका छन् ?’
जङ्गलमा एक्लै बसेको मान्छे र शहरको एउटा कुनामा एक्लै उभिएको रूख एकै हो। समुदायको मान्छेभन्दा जङ्गलको मान्छे छिट्टै मर्न सक्छ शहरको एक्लो रूख पनि त्यस्तै हो, मान्छेजस्तै छिट्टै ढल्न ।
Your review helps others make informed decisions
Click on a star to start your review