Delivery in 1-3 days
सेतो धर्तीमाः सप्तरङ्गी फूल दश वर्षे जनआन्दोलनको कथा हो । देशको परिवर्तनको लागि होमिएका वा आन्दोलन नै नबुझेका मानिसहरूको पीडा र व्यथाको खोज अनुसन्धान स्वरूप नेपाली समाजको सामाजिक मनोवैज्ञानिक असरहरूको दस्ताबेज हो ।
यसभित्र वर्षौं बितेका घटना तथा आन्दोलनका दृष्यहरू पनि पीडित व्यक्ति र समाजका लागि द्वन्द्ध भर्खर मात्र यो समाजमा भएको हो भन्ने भाव पीडितलाई हुँदोरहेछ भन्ने यसका भाव र शब्दमा प्रस्तुत गरिएको छ । पीडितका समस्या र पीडाको अवस्था कथाको माध्यमबाट भनिएको छ । भुइँ मान्छेजस्तै आन्दोलनमा लडाकुहरू र परिवर्तकहरूले ल्याएर पनि भुइँमा नै रहनु र नेताको जीवनस्तर सुध्रनु परिवर्तनको सिद्धान्त होइन भन्ने कुरा यस कथासङ्ग्रहले दर्शाएको छ ।
पीडितका समस्याहरू जहाँ थिए त्यहीँ छन् । उनीहरूको मानसिक अवस्था गिर्दो अवस्थामा छ। आर्थिक सामाजिक अवस्था जर्जर छ । के तिनीरूको
मानसिक, समाजिक अवस्थालाई उकास्न सकिएला भन्ने नै यो कथासङ्ग्रहको मूलमर्म हो ।
Your review helps others make informed decisions
Click on a star to start your review