Currently not available.
Request this bookरनमाया भूटानी शरणार्थीका विषयमा खिचिएको तस्बिरको रूपरेखा हो अथवा रनमाया एउटी भूटानी शरणार्थीको जीवनकथा हो। त्यहाँको त्यसै परिवेशकी एउटी महिलालाई विम्ब बनाएर, प्रतिनिधि बनाएर र नायिका बनाएर इन्दिरा प्रसाईले भूटानका तमाम रनमायाको जीवनपद्धतिमा रनमायालाई सर्लक्कै उभ्याएकी छिन् । प्रस्तुत कृतिमा उपन्यासकारले भूटानी जनजीवनलाई सूक्ष्म रूपमा अध्ययन गरी रनमाया जन्माएकी हुन् । कुनै भूगोल, कुनै राजनीति र कुनै देशसँग सरोकार नराखी उपन्यासकारले नेपालीहरूमा परेको व्यथा, वेदना र सङ्घर्षलाई रनमायाभित्र उभ्याएकी हुन्।
Your review helps others make informed decisions
Click on a star to start your review