Ramesh Bikal Samagra Naatakkhanda's front cover
Ramesh Bikal Samagra Naatakkhanda's front coverRamesh Bikal Samagra Naatakkhanda's back cover

Ramesh Bikal Samagra Naatakkhanda

रमेश विकल समग्र नाटकखण्ड
E-book
Rs 285
Paperback
Rs 1150
Genre:Fiction
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937839259
ISBN10:9937839254
Pages:608
Published: July 17, 2024

पुस्तकको बारेमा

यो सङ्ग्रहमा निम्नलिखित पुस्तकहरू समावेश छन्:

  •  बिरानो देशमा
  •  नयाँ सडकको गीत
  •  आज फेरि अर्को तन्ना फेरिन्छ
  •  एउटा बूढो भ्वाइलेन : आशावरीको धुनमा
  • उर्मिला भाउजू
  •  शव सालिक र सहस्र बुद्ध
  •  हराएका कथाहरू
  •  रमेश विकल : कथादेखि कथासम्म
  •  हिमालको छहरा समुद्रको छाल
  •  रमेश विकलका कथा
  • फुटकर कथाहरू (पुस्तकाकारमा नआएका)

पछिल्लो बाहिरी पृष्ठबाट

बीसको दशकदेखि लिएर पचासको दशकसम्म पनि यदाकदा एकाङ्की लेख्तै र प्रकाशित गर्दै गरेका रमेश विकल नेपालीका प्रमुख एकाङ्कीकारहरूमध्ये पर्छन् र उनको लेखन प्रतिनिधिमूलक छ । यिनमा नेपाली नाटक/एकाङ्कीहरू सहज मञ्चीय छन् । विकल जनका सङ्घर्ष व्यथा, वेदना, आशा, निराशा नाटक/एकाङ्कीमा पनि कथ्यलाई सरल ढङ्गले तथा हर्ष र विषादको प्रस्तुति र अभिव्यक्ति अगाडि बढाई आफ्नो सामाजिक यथार्थवादी भएको छ । ..... सामाजिक यथार्थको चित्रण दृष्टिकोण प्रस्तुत गर्नेतर्फ प्रवृत्त भएको देखिए गर्ने प्रगतिवादी एकाङ्कीकार विकलमा मानवीय पनि अन्य विधाका तुलनामा यिनको आदर्शप्रति झुकाउ छ र उनले आफ्ना कतिपय नाटक/एकाकी सिर्जना अलि पछि नै रहेको छ । पत्रहरूमार्फत प्रगतिशील मानवीय आदर्शको डा. खगेन्द्र लुइँटेल प्रदर्शन गरेका छन् र यो प्रशंसनीय नै छ ।... रमेश विकल विम्ब एक प्रतिविम्ब अनेक विकलको नाट्यकलामा प्रतीक र रूपविधानको प्रवृत्ति विद्यमान छ र त्यो निकै सार्थक र सफल छ । उनी एकाङ्कीको शीर्षक राख्नमा पनि निकै सिपालु छन् । उनले राखेका शीर्षक साङ्केतिक र अभिव्यञ्जनात्मक छन्, सुन्दर छन्, सार्थक छन् ।
डा. केशवप्रसाद उपाध्याय
रमेश विकल विम्ब एक : प्रतिविम्ब अनेक

विकलका नाटकहरू सामान्यजस्ता लाग्ने कथावस्तु अथवा घटनाक्रमका आधारमा रचिएका छन् तर थाहा नपाइने पाराले गम्भीर प्रभाव दिन सक्ने गरी संवादहरू संयोजन गरिएका हुन्छन् । ज्यादै सरल र सरस भाषा प्रयोगसँगै गम्भीर चिन्तन दिनसक्नु उहाँको विशेषता हो ।
डा. तुलसी भट्टराई
रमेश विकल विम्ब एक : प्रतिविम्ब अनेक

सरल, सरस र स्वाभाविक भाषामा नाटक/एकाङ्कीहरूको रचना गर्नु नाटककार / एकाङ्गीकार रमेश विकलको विशेषता हो । शिल्पसज्जागत सरलताका कारण यिनका नाटक/एकाङ्कीहरू सहज मञ्चीय छन् । विकल नाटक/एकाङ्कीमा पनि कथ्यलाई सरल ढङ्गले अगाडि बढाई आफ्नो सामाजिक यथार्थवादी दृष्टिकोण प्रस्तुत गर्नेतर्फ प्रवृत्त भएको देखिए पनि अन्य विधाका तुलनामा यिनको नाटक/एकाङ्की सिर्जना अलि पछि नै रहेको छ।
डा. खगेन्द्र लुइँटेल
रमेश विकल विम्ब एक : प्रतिविम्ब अनेक

विकलका केही नाटक उच्चकोटीका छन्, मञ्चन, प्रभाव र चरित्रकार्यका दृष्टिमा विशिष्ट पनि छन् तर सबै नाटक/एकाङ्कीलाई त्यही रूपमा पाउन सकिँदैन । .... उनी ऐतिहासिक नाटकमा बालकृष्ण सम, सामाजिक नाटकमा गोपालप्रसाद रिमाल, मनोवैज्ञानिक नाटकमा विजय मल्ल र गोविन्दबहादुर मल्लका प्रवृत्ति) नजिक छन्, वैचारिक र राष्ट्रियताका दृष्टिकोणमा समबाट निकै प्रभावित भएको देखिन्छ ।
गोपी मैनाली
रमेश विकल : समालोचनात्मक अन्वेषण