Rajmata's front cover

Rajmata

राजमाता
Rajmata's front coverRajmata's back cover

Paperback

Rs 1198

पछिल्लो बाहिरी पृष्ठबाट

नेपालको मानचित्रले आजको आकार लिनुअघि कहिले परपरसम्म फैलिनु कहिले खण्डित हुनु र खुम्चिनुको नियति भोग्नुपयो । विभिन्न कालखण्डमा ससाना राज्यको अभ्युदय भयो । बलियाले कमजोरलाई अपदस्त गर्दै थरीथरी वंशजले शासनको बागडोर हात लिए । कहिले एकल, कहिले संयुक्त, उभय या अर्धराज्यको स्वरूपमा शासन चलाए । ती राज्य विजय गर्ने राजकुलका नाममा प्रशस्ति अनि उल्लेखनीय घटनाका इतिवृत्त अभिलेखीकरण गरिए । केही नारीले पनि शिलास्तम्भ, ताम्रपत्रमा उत्कीर्ण लेख या ग्रन्थका पुष्पिकावाक्य भएर पति या पुत्रका नामसँगै कुदिने, मुद्रामा अङ्कित हुने अवसर प्राप्त गरे । 'यदाकदा वंशावलीका हरफमा पनि समेटिए ।

कालान्तरमा पुरातत्त्वविद्ले छोपिएको ऐतिहासिक दस्तावेजलाई उत्खनन र अनुसन्धान गरे, इतिहासविद्का कलमले बडो मिहिनेतसहित किताबमा उतारे ।

तिनै इतिहासका पृष्ठमा समेटिए पनि महत्त्वका साथ राज्यले नपढाएका, ध्यानपूर्वक नपढिएका केही वीरप्रसूका सिलसिलाबद्ध कथाको सुन्दर माला हो, राजमाता ।

All Editions

9789937790987
Paperback
ISBN13: 9789937790987
FinePrint, 2026

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review