Rahar's front cover

Rahar

रहर
Paperback
Rs 375
Genre:Fiction
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937665957
ISBN10:9937665957
Pages:179
Weight:150 g
Published: February 27, 2021
Edition:1

पछिल्लो बाहिरी पृष्ठबाट

सुन्दर भाषा, परिपक्व शिल्प अनि दैनन्दिनका ससाना । घटनालाई कथामा बुन्ने बेजोड शैली । यी गुण स्पष्ट । देख्न सकिन्छ, सुरेश बडालको पहिलो कृति रहरमा । ससाना रहरहरूको खुत्रुके बनेर आएको पुस्तक रहरमा । सुरेशले केही आफ्नै भोगाइ र केही अवलोकन गरेका यथार्थ घटनालाई कथानक बनाएका छन् । उनले कहिँ आफैलाई पात्र बनाएर उभ्याएका छन् भने कहिँ यथार्थ पात्रहरूलाई कल्पनशीलताको बुकुवा घसेर चिटिक्क पारेका छन् । यस सङ्ग्रहका धेरैजसो कथामा बालमनोविज्ञान हाबी भएको छ । केही कथा प्रेमको झरीले निथुक्क भिजेका छन् । अन्य केही कथा समाज र राजनीतिका श्यामश्वेत चित्र बनेका छन् । तर कथा जुनसुकै हुन् अनि तिनका विषयवस्तु जेसुकै हुन्, तिनले पाठकलाई असीम सन्तुष्टि नै दिन्छन् ।

सरल र सरस भाषामा लेखिएको यस कृतिले नेपाली साहित्यमा नयाँ प्रतिभाको जोडदार आगमनको सङ्केत गर्छ ।