Phurke's front cover
Phurke's front coverPhurke's back cover

Phurke

फुर्के
Hardcover
Rs 500
Genre:Novels
Language: Nepali

Hardcover

Origin:Nepal
ISBN13:9789937753289
ISBN10:9937753287
Weight:245 g
Published: September 17, 2022
Edition:1

पुस्तकको बारेमा

जीवनलाई मानिसले मात्र अनुभूत गर्दैन। हरेक जीवले आ-आफ्नो ढंगले जीवनलाई आ-आफ्नै तरिकाले अनुभूत गर्छन्। उपन्यासको प्रमुख पात्र फुर्के नामक कुकुरको जीवनका आरोह-अवरोहमा उपन्यास केन्द्रित छ। लेखकले मानिसको सबैभन्दा नजिकको साथी र संवेदनशील प्राणी कुकुरको मान्छेसँगको सम्बन्ध, मानव समाजलाई हेर्ने उसको दृष्टिकोण र उसको जीवन भोगाइका कथाहरूलाई उसकै भाषामा उपन्यास 'फुर्के'मा प्रस्तुत गर्न खोज्नुभएको छ। बालबालिकादेखि जुनसुकै उमेरका मानिसले पढ्न मिल्छ। 

About the Book

Life is not experienced only by humans. Every living being experiences life in its own way. The novel focuses on the ups and downs of the life of Furke, the main character of the novel. The author has tried to present the stories of a human's closest friend and sensitive animal dog's relationship with man, view of human society, and life experiences in his own language in the novel 'Phurke'.

पछिल्लो बाहिरी पृष्ठबाट

यो संसार सबै प्राणीहरूको साझा घर हो । ती हजारौं प्राणीहरूमध्ये मान्छे पनि एक हो । अलिकति उच्च चेतना र पछिसम्मको कुरा सोच्न सक्ने क्षमताका कारण सदियौंदेखि मान्छेले अन्य प्राणीहरूमाथि शासन गर्दै आइरहेको छ । ती शासित प्राणीमध्येको एउटा हो- कुकुर ।

मानिसका लागि कुकुर कहिले सुरक्षाकर्मी, कहिले सहयोगी, त कहिले साथी बन्दै आइरहेको छ । अन्य प्राणीभन्दा अलि बढी संवेदनशील कुकुरको मान्छेसँगको सम्बन्ध, मानव समाजलाई हेर्ने उसको दृष्टिकोण र उसको जीवन भोगाइका संवेदनाहरूलाई उसैको भाषामा प्रस्तुत गरिएको किताब हो- फुर्के । बालबालिकादेखि प्रौढ उमेरसम्मका सबैले पढ्न मिल्ने यो किताब सरल भाषाशैलीमा लेखिएको एउटा कुकुरको आत्मकथा हो ।

 

RELATED BOOKS