Delivery in 1-3 days
पानीफोटो नाटक हेरिसकेपछि एक युवकले निर्देशक खगेन्द्र लामिछानेलाई थरथराउँदो स्वरमा भने, "बेपत्ता पारिएका मेरा दाइ र दिदीलाई सम्झाइदिनुभयो तपाईंले ।” ती युवकको नाम खगेन्द्रले बिर्सिए । तर उनका आँखामा युवकको धमिलो आकृति रहिरह्यो । युवकको भावनासँग उनको भावना पनि मिसियो । अनि रसाए उनका आँखा, जसरी रसाएका थिए युवकका आँखा । त्यति बेला उनले कहिल्यै नदेखेका आफ्ना मामा सम्झिए । अनि सोचे, "सायद मेरी हजुरआमा पनि आफ्ना हराएका छोराका दाँवलीहरू देख्दा यसरी नै झम्टिएर रूनुहुन्थ्यो ।”
एकछिनको गफगाफपछि ती युवक बिदा भएर हिँडे । तर खगेन्द्रका रसिला आँखाले तिनलाई पछ्याइरहे । त्यसपछिका दुईतीन रात उनलाई राम्ररी निद्रा पनि परेन । खाटा बसिसकेको अरूको घाउ किन कोट्याएँ ! किन अरूको चित्त दुखाएँ भनेर उनलाई ग्लानि भइरह्यो । अनि आँसु र आशासहित आफन्त पर्खिरहेका कैयौं नेपाली खगेन्द्रका आँखामा घुमिरहे । उनलाई लाग्यो, "यो कथा युद्ध भोगेका/नभोगेका सबैले हेर्नुपर्छ । युद्धले समाजमा ल्याउने भय, वेदना र अत्यास तिनले महसुस गर्नुपर्छ ।” उनले अठोट गरे, "यही नाटकलाई आधार बनाएर एउटा सिनेमा बनाउनेछु ।" त्यसपछि बन्यो पानीफोटो सिनेमा |
यस पुस्तकमा खगेन्द्रले नाटकदेखि सिनेमासम्मको यात्राकथा उतारेका छन् । कथालाई एउटा माध्यमबाट अर्कोमा लैजाँदा केके परिवर्तन गर्नुपर्छ, त्यो देखाएका छन् । यो पुस्तक नाटक र सिनेमाका विद्यार्थी, नाट्यकर्मी, फिल्मकर्मी र सिर्जनात्मक प्रक्रियामा रूचि राख्ने सबैका लागि रुचिकर हुनेछ ।
Your review helps others make informed decisions
Click on a star to start your review