Panchatatwako Paalaam's front cover

Panchatatwako Paalaam

पञ्चतत्त्वको पालाम
Panchatatwako Paalaam's front coverPanchatatwako Paalaam's back cover

Paperback

Rs 350

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

'पञ्चतत्त्वको पालाम' मनप्रसाद सुब्बाभित्रको गतिशील कविको युगसापेक्षित परिवर्तनको प्रमाणपत्र हो । कवि सुब्बाले विविध दशकमा कविता लेखे, तर तर्क र विचारको एउटै फेरोलाई समातेर कहिल्यै उभिएनन् । परिबर्तित समयका परिवर्तित मूल्य र आग्रहहरू उनको कविताका विषय हुने गरेका छन् । 'पालाम' मा उनले पञ्चतत्त्व, यानि आकाश, अग्नि, हावा, पानी र धरतीलाई हेर्न अति- मानवीकृत दृष्टिकोणको विनिर्माण गरेका छन् । कतै तिनको मानवीकरण गरेर त कतै एउटा सवेदनशील चिन्तकको चिन्ताको विषय बनाएर उनले यी तत्त्वहरूको शाश्वत मूल्य, जीवनका लागि तिनको अपरिहार्यता, र मान्छेका असंवेदनशील र स्वार्थपूर्ण कुकृत्यका कारण तिनका पर्दै गएको नकारात्मक असर बारे पाठकलाई सचेत गराउने प्रचेष्टा गरेका छन् । संवादात्मक, आख्यानात्मक र प्रयोगशील शिल्प र शैलीका उनका कविता सर्वथा उत्तरवर्ती कविता हुन् र तिनले वातावरणजस्तो वैश्विक महत्त्वको कुरालाई स्थानीय विश्वासधारा र बिम्बविधानको बलमा उभ्याएका छन् । मान्छे र प्रकृतिको सम्बन्धमा अग्घोर असन्तुलन भइरहेको, र यसबाट प्राणीजगतको भविष्य नै अन्योलग्रस्त बनेको आजको 'तातो' युगमा सुब्बाका यी कविता, एक प्रकारले बाताबरणीय आन्दोलनका शीतल घटक पनि हुन् ।
- महेश पौड्याल

All Editions

9789937969239
Paperback
ISBN13: 9789937969239
Page Turner Pvt. Ltd

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review