"२००७ देखि २०१७ सालको राजनीतिक गतिविधिका पक्षहरू उजागर गर्ने संस्मरण, अनुसन्धान र दस्ताबेज सार्वजनिक भएका छन् । तर नेपालको पहिलो संसद्को गतिविधिमा केन्द्रित सामग्री खासै प्रकाशनमा आएका छैनन् । पहिलो संसद् : बिपी-महेन्द्र टकरावले त्यो रिक्तता पूरा गर्नेछ । संसद्को दैनिकी, सरकार र संसद्बीचको सम्बन्ध, सत्ता र विपक्षको भूमिका, संसदीय उत्तरदायित्वलगायत विविध पक्षको विश्लेषण गरिएको यो पुस्तक गहन अध्येतादेखि नेपाली राजनीतिमा चासो राख्ने सबैका लागि महत्त्वपूर्ण तथा संसदीय राजनीतिक इतिहासको उपयोगी दस्ताबेज हुनेछ ।"
Your review helps others make informed decisions
Click on a star to start your review