Nirvikalapa
NirvikalapaNirvikalapa

Nirvikalapa

निर्विकल्प

E-book
Rs 200
Paperback
Rs 500

पछिल्लो बाहिरी पृष्ठबाट

चोरी गरेको अभियोगमा शूद्रको अपराध आठगुणा हुन्छ, वैश्यले गरेमा त्यसको अपराध सोह्रगुणा, क्षत्रियले गरे बत्तीसगुणा हुन्छ । त्यस्तै, ब्राह्मणले गरे चौसट्ठीगुणा वा सयगुणा हुन्छ । चोरीको अपराधको प्रकृति जानेरै गरेको छ भने त्यस्तो ब्राह्मणको दोष १२८ गुणा हुन्छ । हिन्दुधर्मग्रन्थले चारवटै वर्णकर्म मध्ये ब्राह्मणकर्मलाई सबैभन्दा बढी र त्यसपछि क्षत्रियकर्मलाई जिम्मेवार बनाएको छ । वर्तमान समयमा यस्तो नियम पारदर्शी रूपमा लागु हुने हो भने ब्राह्मण हुन चाहने मानिस बिरलै भेटिनेछन् ।

ooo

यस पुस्तकले हाम्रा शास्त्रहरू र हामीले अनुसरण गरेको परम्पराको बहुपक्षीय ज्ञान दिन्छ । प्रकृति र ईश्वरसँगको मानवीय अन्तरसम्बन्ध, दर्शन र विज्ञानको तादम्यता, भाषा र साहित्यको क्रमिक विकास, धर्म र पन्थहरूबीचको फरक र हामीले अनुसरण गर्ने सही बाटो, वर्णाश्रम र जातजातिको यथार्थ व्याख्या, राजनीतिले धर्म माथि पारेको प्रभाव र पाश्चात्य शिक्षा र संस्कृतिबाट परेको नकारात्मक प्रभाव सम्बन्धी सटीक तर्क र विवेचना यस पुस्तकमा पाइन्छ । पुस्तक सरल छ, तार्किक छ, खरो प्रस्तुति छ र प्रामाणिक व्याख्याहरूले भरिएको छ । यो पुस्तक पढेपछि जो कोहीको पनि धर्म र कर्म प्रतिको सोचमा केही न केही परिवर्तन ल्याउन सक्छ ।

- खेमराज नेपाल

 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode