Aato Oda
Aato OdaAato Oda

Aato Oda

आतोओडा

E-book
Rs 165
Paperback
Rs 335
Genre:Contemporary Fiction
Language: Nepali
Published:January 14, 2023
Edition:1st
Paperback
ISBN13:9783027120661
ISBN10:3027120662

पुस्तकको बारेमा

‘आतोओडा’ झापा, गौरादहको सीमान्तकृत सन्थाल जातिको जनजीवनमा आधारित उपन्यास हो। ‘आतोओडा’को अर्थ हुन्छ गाउँ-बस्ती। उपन्यास सन्थाल समुदायको सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक अवस्था र मनोविज्ञानको विभिन्न पक्षमा केन्द्रित भएको वक्ताहरूले बताए। गौरादहका सीमान्तकृत सन्थाल फुलमुनी, बुधिन, तुरसा, लुखीहरूको जीवन संघर्ष, सन्थाल गाउँवस्तीको भाषा, लवाइखवाइ र दैनिक व्यवहार उपन्यासमा लेखिएको छ।

पछिल्लो बाहिरी पृष्ठबाट

'आतोओडा पहिचान र अधिकारविहीन बनाइएकाहरूको विवशताको कथा हो । टेक्ने जमिन र ओत लाग्ने छानो जुटाउनमै सिङ्गो आयु खर्च गरेका भूमिहीनको सङ्घर्षको प्रतिनिधि गाथा हो । उनीहरूको सङ्घर्षमा 'आधारभूत आवश्यकता पूरा गराउने जिम्मेवारी बोकेको विद्यमान राज्य र समाज व्यवस्थाले कसरी खलपात्रको भूमिका निर्वाह गर्दछ भन्ने दृष्टान्त उपन्यासले प्रस्तुत गरेको छ ।

सुदूरपूर्वी नेपालको सीमान्तकृत सन्थाल जातिको सामाजिक परिवेशमा लेखिएको यो उपन्यासले उनीहरूको जीवन- सङ्घर्ष र दुःखको कथा मात्रै बोल्दैन सँगसँगै त्यो जीवनभित्रको प्रेम, त्याग, समर्पण र सम्बन्धहरूका बहुआयामिक पक्षहरूको सुन्दर पक्षहरूलाई पनि प्रस्तुत गरेको छ । स्थानीय भाषा र लवजको समुचित प्रयोगले उपन्यासलाई सशक्त बनाएको छ ।

सन्थाल जातीय सामाजिक, साँस्कृतिक एवम् आर्थिक-राजनीति अवस्था र मनोविज्ञानको बहुआयामिक पक्षमा केन्द्रित सम्भवतः यो पहिलो नेपाली उपन्यास हो ।