Nepali Yuddhasahitya
Nepali YuddhasahityaNepali Yuddhasahitya

Nepali Yuddhasahitya

नेपाली युद्धसाहित्य: ऐतिहासिक विवेचना

E-book
Rs 300
Paperback
Rs 630 Rs 700
Currently not available.
Contact us for further queries.

पछिल्लो बाहिरी पृष्ठबाट

‘नेपाली युद्धसाहित्य' नेपालको अखण्डता, स्वतन्त्रता र समतामूलक समाज निर्माणका लागि लडिएका युद्ध र सशस्त्र विद्रोहमाथि लेखिएको नेपाली साहित्यको खोजमूलक कृति हो । यस कृतिमा गौर्खा राज्यविस्तारका क्रममा भएका लडाइँ तथा मुगल, अङ्ग्रेज र तिब्बत / चीनसँग भएका युद्धमाथि लेखिएको साहित्यको अध्ययन गरिएको छ । साथै २००७ र २०१८ सालमा भएका प्रजातान्त्रिक सशस्त्र विद्रोह र माओवादी जनयुद्धका बेला लडिएका लडाइँ, तत्कालीन सामाजिक संवेदना र सत्तापक्षबाट गरिएको दमन र हत्याहिंसालाई आधार बनाएर लेखिएको साहित्यको पनि खोज र विवेचना गरिएको छ ।

लेखकका योभन्दा पहिले 'विद्रोहको छाल (खण्डकाव्य, २०४३)', 'आँधी तुफान (मुक्तक सङ्ग्रह, २०४४)', 'ब्वाँसोको अन्त्यको खेल (खण्डकाव्य, २०४५)', 'कालो नाटक (लघुकाव्य, २०४५)', 'फेरि अर्को तारा खस्यो ( कविता सङ्ग्रह, २०६३)', 'देश जागेको बेला ( कविता सङ्ग्रह, २०६३)', 'उत्सर्ग (महाकाव्य, २०६७)' र 'घाइते ह्विलचेयर (कविता सङ्ग्रह, २०६९) ' गरी आठ कविता / काव्य तथा 'पहेँलो घाम (उपन्यास, २०७२ ) ' र 'सुनको पहाड (उपन्यास, २०७६ ) गरी दुई आख्यान कृति प्रकाशित भैसकेका छन् । ‘नेपाली युद्धसाहित्य' विष्णु भण्डारीको पहिलो गैह्रआख्यान हो ।

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode