Nepali Balsahitya ko Itihas
Nepali Balsahitya ko ItihasNepali Balsahitya ko Itihas

Nepali Balsahitya ko Itihas

नेपाली बालसाहित्यको इतिहास

Paperback
Rs 495
Genre:Nepali History
Language: Nepali
Published:October 2020
Edition:4th
Paperback
Origin:Nepal
ISBN13:9789937939911
ISBN10:9937939917
Pages:486

पछिल्लो बाहिरी पृष्ठबाट

प्रमोद प्रधान (२०१५) नेपाली साहित्यमा कवि, समालोचक, अनुसन्धाता र बालसाहित्यकारका रूपमा परिचित एवम् प्रतिष्ठित छन् । समालोचना र अनुसन्धानका क्षेत्रमा नेपाली बालसाहित्यको इतिहासका अतिरिक्त केही अध्ययन : केही अनुसन्धान (२०४४), मोरङमा पत्रकारिताको अर्धशताब्दी (२०६१), नेपाली बालवाङ्मय परिचयकोश (२०६५), नेपाली निबन्धको इतिहास (२०६६), नेपाली बालसाहित्य सन्दर्भ सूची (२०७२), नेपाली बालवाङ्मय परिचयकोश-२०६४-२०७० (२०७५) र बालसाहित्यमा विनय कसजू : योगदान र मूल्याङ्कन (२०७६) प्रकाशित छन् । यस्तै कविताका चार र बालसाहित्यका २१ कृति पनि प्रकाशित भइसकेका छन् । उनले नेपाली साहित्य : आजको सन्दर्भमा (२०३८, संयुक्त), सूर्यविक्रम ज्ञवाली स्मृति-ग्रन्थ (२०४४), नेपाली यौनकथा (प्रतिनिधि कथासङ्ग्रह, २०५४) र स्मृतिबिम्बभित्र वासु रिमाल यात्री (स्मृतिग्रन्थ, २०६७, संयुक्त) जस्ता कृति पनि सम्पादन गरेका छन् । उनी प्रतिभा पुरस्कार (२०४०), व्यथित काव्य पुरस्कार (२०४६), युवावर्ष मोती पुरस्कार (२०५४), साझा बालसाहित्य पुरस्कार (२०६२), कविताराम बालसाहित्य प्रवर्द्धन सम्मान (२०६५), नइ कीर्तिनिधि पुरस्कार (२०७०), बबरसिंह थापा स्मृति सम्मान (२०७१), डा.गणेश भण्डारी स्मृति पुरस्कार (२०७१), रमेश विकल बालसाहित्य पुरस्कार (२०७३), नेपाल बासास बालपुस्तक पुरस्कार (२०७५), निर्मला प्रेम बालसाहित्य सम्मान (२०७५) लगायत दुई दर्जनभन्दा बढी पुरस्कारबाट पुरस्कृत एवम् सम्मानित भइसकेका छन् । उनी नेपाल बालसाहित्य समाजको आजीवन सदस्य एवम् उपाध्यक्ष तथा बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष छन् ।