Nepal ko Share Bazar
Nepal ko Share BazarNepal ko Share Bazar

Nepal ko Share Bazar

नेपालको सेयर बजार

Paperback
Rs 449Rs 499
Genre:Business
Language: Nepali
Edition:11th
Paperback
Origin:Nepal
ISBN13:9789937217330
ISBN10:9937217334
Pages:249
Dimensions:5.354 x 8.27 x 0.75 inches
Weight:360 g

पुस्तकको बारेमा

सेयर बजारबारे सामान्य पनि ज्ञान नभएका तर प्रवेश गर्न चाहनेलाई लक्ष्य गरी यो पुस्तक तयार पारिएको हो । सेयर के हो ? सेयर बजार के हो ? सेयर कसरी बाँडफाँड हुन्छ ? सेयरको कारोबार कसरी हुन्छ ? सेयर मूल्य कसरी घटबढ हुन्छ ? कस्तो कम्पनीमा लगानी गर्ने ? डिम्याट खाता के हो ? कसरी खोल्ने ? कहाँ खोल्ने ? नेप्से परिसूचक के हो ? यस्ता अनेकौं प्रश्नको उत्तर यो पुस्तकले समेटेको छ ।

 

पछिल्लो बाहिरी पृष्ठबाट

नेपालको सेयर बजार वित्त तथा लगानी विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएका रविन्द्र भट्टराईले क्यानडाको जर्जब्राउन कलेजबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्याजुएट र क्यानेडियन सेक्युरिटिज इन्स्टिच्युटबाट सेयर बजार सम्बन्धि क्यानडियन सेक्युरिटिज कोर्ष गर्नुभएको छ । उहाँले क्यानडाबाट फाइनान्सियल प्लानिङमा डेभिड म्याक्रेक्यान फाइनान्सियल प्लानिङ अवार्ड, स्टुडेन्ट एसोसिएसन अवार्ड तथा इन्स्टिच्युसनल अवार्डसमेत प्राप्त गर्नुभएको छ ।

त्रिभुवन विश्वविद्यालय, शंकरदेव क्याम्पसमा वित्त तथा लगानी विषयमा १३ वर्ष प्राध्यापन गराइसक्नु भएका भट्टराई सेयर बजारको अध्ययन, अनुसन्धान र विश्लेषणमा निरन्तर संलग्न हुनुहुन्छ । सेयर बजारसम्बन्धी उहाँका लेख, रचना र अन्तर्वार्ता विभिन्न राष्ट्रिय दैनिक, साप्ताहिक, मासिक तथा अनलाइन पत्रपत्रिकामा प्रकाशित हुने तथा छापिने गर्छन् । उहाँ सेयर बजारसम्बन्धी जनचेतना जगाउने तथा तालिम दिने नेपालकै पहिलो व्यक्तिमा पर्नुहुन्छ । उहाँले देशका विभिन्न स्थानमा गई सर्वसाधारणलाई सेयर बजार तथा लगानी सम्बन्धी तालिम दिइसक्नु भएको छ भने एसआरसीएसमा निरन्तर तालिम दिइरहनु भएको छ । उहाँ सेयर बजारसम्बन्धी विभिन्न कार्यक्रममा धेरैपटक रेडियो तथा टेलिभिजनमा उपस्थित भइसक्नु भएको छ ।

यसबाहेक उहाँका अन्य प्रकाशित कृतिहरूमा सेयरबाट करोडपति, सेयरको आधारभूत विश्लेषण, सेयर, कमोडिटिज तथा विदेशीमुद्राको प्राविधिक विश्लेषण, सेयर बजारका जिज्ञासाहरू, बैकिङ जिज्ञासाहरू, बिमा जिज्ञासाहरू, कमोडिटिज तथा डेरिभेटिभ जिज्ञासाहरू, सेयर बजार विश्लेषण, Stock Market in Nepal, How to Invest in Stock Market, Investment Management, Capital Structure Management, Financial Institutions and Markets प्रकाशित छन् । यसै गरी गीत-संगीतका माध्यमबाट सेयर बजारसम्बन्धी जनचेतना जगाउने उद्देश्यले उहाँले 'सेयर दोहोरी' नामक गीति एल्बम तथा सेयर बजारमा आधारित चलचित्र 'आशा' बजारमा ल्याउनुभएको छ, जुन युट्युबमा सुन्न र हेर्न सकिन्छ ।