Delivery in 1-3 days
सेतो कात्रोमा गोजी हुँदैन,
श्मशानघाटमा रोजी हुँदैन ।
किन तँछाडमछाड गर्दछौ ?
मृत्युपश्चात खोजी हुँदैन ।
जीवन अजम्बरी हुँदैन,
एकनास सधैभरि हुँदैन ।
केको घमण्ड गर्दछौ ?
झुटो संसार जुनीभरि हुँदैन ।
त्यो मुर्दामा माया हुँदैन,
अन्त्यष्टिपश्चात छाया हुँदैन ।
दुनियामा स्वार्थ मात्र किन ?
जाने दिन दैव पनि दायाँ हुँदैन ।
आउने कालको रूप हुँदैन,
नलगेसम्म ऊ चुप हुँदैन ।
किन तेरो मेरो अहंकार ?
जाने दिन कसैको रूक हुँदैन ।
उपन्यासकार तथा गीतकार कल्पना खरेल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारले पुरस्कृत लेखक हुन् ।
'नन्दनी' गीतिसंग्रह खरेलको नवौं कृति हो
Your review helps others make informed decisions
Click on a star to start your review