Meri Didi

Meri Didi

मेरी दिदी

Paperback
Rs 252Rs 280
Genre:Story for Children
Language: Nepali
Published:March 14, 2022

About the Book

The book tries to explore gender bias from a male perspective with the storyline of a bond between siblings. The lead character Kamal tries to find out why his sister (Aasha) is failing in school whereas she is too in household chores.

पछिल्लो बाहिरी पृष्ठबाट

बालबालिका र किशोर-किशोरीहरूका लागि पौष्टिक आहार जति चाहिन्छ, त्यति नै चाहिन्छ- असल पढ्ने सामग्री । खानाले उनीहरूको शरीरको विकास गर्छ भने असल पुस्तकले उनीहरूको ज्ञान र चरित्रको विकास गर्छ । तर हामीकहाँ किशोरकिशोरीका लागि असल साहित्यको असाध्यै कमी छ । स्कुलमा पढाइने पुस्तकबाहेक अतिरिक्त पाठ्यसामग्रीको ज्यादै अभाव छ । यही कमी महसुस गर्दै आन्विका गिरी लिखित आख्यान मेरी दिदी प्रस्तुत छ । 
यो आख्यान पढ्दा मलाई आफ्नै जीवनकहानी पढेजस्तो अनुभूति भयो । मेरो पनि एक दिदी हुनुहुन्छ, मभन्दा २० महिना जेठी । मलाई गाउँमा भर्खरै खुलेको स्कुलमा पढ्न पठाइयो तर दिदीलाई पठाइएन । १३ वर्षको उमेरमै दिदीको बिहा भयो । मलाई नरमाइलो लाग्यो तर त्यतिबेला मैले दिदीलाई किन नपढाएको होला भन्ने बुझिनँ । सानैमा किन बिहे गरिदिएको होला भन्ने पनि बुझिनँ । मेरी बहिनी पनि छन्, मभन्दा नौ वर्ष कान्छी । अलि ठूलो भएपछि, पढेपछि मैले कुरा बुझे । त्यसैले घरमा सल्लाह गरेर बहिनीलाई स्कुल हुँदै कलेजसम्म पढाइयो । अहिले दिदी गाउँमा दुःखजिलो गरेर बस्नुभएको छ । बहिनी सहरमा पढाएर सुखसँग बस्छिन् ।
मेरी दिदी हाम्रा किशोर-किशोरीहरूका निम्ति एउटा गतिलो र गुनिलो खुराकका रूपमा आएको छ । यसले सानैदेखि हाम्रा छोराछोरीलाई असल नागरिक बनाउन मद्दत गर्नेछ भन्ने मलाई पूर्ण विश्वास छ ।