Delivery in 1-3 days
नारी-पुरुष सम्बन्धको रहस्य संसारभरि नै कुतूहलको विषय हो।
पुरानादेखि नयाँ युगका मुना-मदन आफ्नो जोडी फकाउने र सम्बन्ध टिकाउने खोजीमा नित्य लागिरहेका छन् । अझ भन्ने हो भने माया, यौन र विवाहबारे समाजमा एक किसिमको भूलभुलैया व्याप्त छ। डा. विनोद ढकालकृत गैरआख्यान माया, मात्र मायामा विज्ञानका पछिल्ला खोज र अनुसन्धानहरूमा आधारित पुस्तक हो ।
प्रस्तुत पुस्तकमा विज्ञान र साहित्यको अनौठो सङ्गम छ । यसमा एकातिर कविहरूले भावुकतावश लेखेका मायासम्बन्धी रोमान्टिक कविता उद्धृत गरिएको छ भने अर्कातिर मायाको वैज्ञानिक हिसाबकिताब । एक कवि र आख्यानकारका रूपमा सुपरिचित भए पनि लेखकले भावनामा नबहकिने छुट लिएका छैनन् । आफ्नो वैज्ञानिक एवम् चिकित्सक छवि नै सुरक्षित राखेका छन् । नेपाली साहित्यमा आजसम्म मायामा रसायन, हर्मोन, न्युरोट्रान्समिटरहरूको प्रभावबारे यति सुन्दर व्याख्या गरिएको छैन ।
राजकुमार बानियाँ
कुनै जीवरस महिलाको तुलनामा पुरुषको शरीरमा धेरै हुन्छ। कुनै जीवरस पुरुषको तुलनामा महिलाको शरीरमा धेरै हुन्छ। अनेकन प्रकारका जीवरसहरू महिला र पुरुष दुबैको शरीरले उत्पादन गर्न र यसको श्रोत जोगाउन पनि महिला र पुरुषको मिलन अनिवार्य छ अथवा जीवन-साथी हुनुपर्छ। जीवद्रव्य रसको कारणले प्राणी तथा मानवमा कामवासना र भावनात्मक सम्बन्धको जालो बनेको हुन्छ ।
सुवर्ण हुमागाईं
Your review helps others make informed decisions
Click on a star to start your review