Delivery in 1-3 days
ग्रिनविच विश्वविद्यालय लन्डनबाट वातावरण विज्ञानमा स्नातकोत्तर गरेका विजय हितान हाल इङ्ग्ल्यान्डको वातावरणीय संस्थानमा कार्यरत छन् । वातावरणविज्ञका रूपमा परिचित हितानले पर्या-साहित्य सिर्जनामा विशेष चिनारी बनाएका छन् । दुई दशकभन्दा लामो समयदेखि पर्या-साहित्यमार्फत पर्यावरण संरक्षणका निम्ति विश्वव्यापी रूपमा निरन्तर लागिरहेका उनी इको राइटिङका एक अथक योद्धा हुन् । उनका कविता, कथा, निबन्ध, सिद्धान्त र उपन्यासका एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।
`मलाई आर्यघाटमा नजलाउनू पर्यावरणीय विषयमा आधारित कवितासङ्ग्रह हो । यस सङ्ग्रहमा जलवायु परिवर्तन, जैविक विविधता, प्रदूषण र पृथ्वीलाई नजिकबाट महसुस गरी मानवीय संवेदनासँग जोड्दै सुन्दर अभिव्यक्ति प्रस्तुत गरिएको छ । नेपालमा यस्ता नवीनतम विषयमा बिरलै मात्र काव्यकृति लेखिएका छन् ।
Your review helps others make informed decisions
Click on a star to start your review