Delivery in 1-3 days
धन्सारको पालीमुनि धुलो माटो फिँजायौं। मोटो सिन्कोले मैले 'क' लेखेर उसलाई भनेँ, "देखिस् माला, यो 'क' हो। ल, यल्लाई 'क' भन् ।"
मालाले 'क' भनी । मैले 'ख' लेखें । मालाले 'ख' भनी ।
अलिपछि उसलाई मैले मेरै पुरानो खरी र पाटी दिएँ। वनमारा माडेर मोसेपछि पाटी कालो भयो। म उसलाई 'क ख' लेख्न सिकाउन थालेँ। ऊ हात अररो पारेर लेख्न थाली । उसको पहिलो 'क' ले पाटी पूरै भरियो । आफ्नै 'क' देखेर माला गालामा गुलाफ फुलाएर खित्का छाडेर हाँसी । हाँस्दा गालामा परेका खोपिल्टाले मलाई भित्रैदेखि रोमाञ्चित बनायो । उसको कञ्चन खित्का सुनेर म उसैलाई एकछिन हेरिरहँ ।
मैले सोधें, "माला, तँ किन हाँसेकी ?"
उसले भनी, "हेर् त कान्छा, मेरो 'क' कत्रो भो । यत्रो बडो 'क' हुन्च र !" ठट्टा गर्दै मैले भनेँ, "मान्छे ठूलो हुँदै जान्च, 'क' सानो हुँदै जान्च । तेरो 'क' पनि एक दिन ठिक्कको हुन्च नि माला ।"
माला मलाई हेरेर मीठो गरी मुस्कुराई । मैले उसका खोपिल्टिएका गालामा हेरें । उसका गालामा रातो गुलाफ फुलेको थियो ।
Your review helps others make informed decisions
Click on a star to start your review