Mahasatipaththan Sutta's front cover

Mahasatipaththan Sutta Bhagwan Buddhako Bishwa Prasiddha Nirwan Wa Moksha Sadhanabidhi Byakhya

महासतिपट्ठान सुत्त: भगवान बुद्धको विश्वप्रसिद्ध निर्वाण वा मोक्ष साधनाविधि व्याख्या
Mahasatipaththan Sutta's front coverMahasatipaththan Sutta's back cover

Paperback

Rs 449

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

'महासतिपट्ठान सुत्त' सत्य मोक्ष साधना विधिको गहन् व्याख्या मात्र होइन, यो सुत्त यथार्थतामा निर्वाण साधना विधिको गहन व्याख्या गरिएको यो जगत्को सर्वश्रेष्ठ ग्रन्थ हो । यो संसारमा कृष्ण, शिव, जिसस आदि अवतारहरूले मोक्ष साधनाको व्याख्या गरेका छन् । स्वयम् भगवान् बुद्धले पनि त्रिपिटकका विभिन्न सुत्तहरूमा निर्वाण साधनाहरूको व्याख्या गर्नुभएको छ, तर जुन पूर्णता, सरलता, स्पष्टता, सूक्ष्मता, गहनता र चरणबद्ध रूपमा भगवान् बुद्धले निर्वाण साधना विधिको व्याख्या महासतिपट्ठान सुत्तमा गर्नुभएको छ, यो व्याख्या यो जगत्मा अन्य मोक्ष ग्रन्थहरू मात्र नभईकन स्वयम् भगवान् बुद्धका अन्य सुत्तहरूमा पाइँदैन । यस अर्थमा 'महासतिपट्ठान सुत्त' निर्वाण अभिलाषी साधकहरूका लागि यो जगतको सर्वश्रेष्ठ साधना ग्रन्थ हो।

१ महासतिपट्ठान सुत्तको भाषानुवाद         

२ महासतिपट्ठान सुत्तको भाव व्याख्या         

३ महासतिपट्ठान साधनाका चरणबद्ध साधना विधि

डा.मुरली अधिकारी

आध्यात्मीक चिन्तक, सत्य मोक्ष साधना विधि अन्वेषक, तत्वसोध कता, पशुपति-बुद्ध मन्दिर डलास अमेरिकाका संस्थापक अध्यक्ष डा. मुरली अधिकारी मूलतः सत्य मोक्ष विद्या वा साधना विधिको अनुसन्धान, स्व-साधना, प्रर्वधन आदिमा रुची राख्नुहुन्छ । समाजसेवा, सामाजीक, धार्मिक सांस्कृतिक, आध्यात्मीक उत्थान वा आदि क्षेत्रहरुमा पनि कियाशील डा. अधिकारीका धर्मचका प्रवर्तन, महासतिपट्ठान सुत्त, विपश्यना साधना विधि, सरल सत्य गीता, गीता विपश्यना विज्ञान, सांख्ययोग, कर्मयोग, भक्तीयोग, परमात्माका छ श्वाशत नियमहरू, विवेक चुडामणी आदि जस्ता झण्डे एक दर्जन आध्यात्मीक पुस्तकहरु लेखन समाप्त भई सम्पादन र प्रकाशनको चरणमा प्रवेश गरेका छन्।

 

All Editions

9789937780148
Paperback, 1st Edition
ISBN13: 9789937780148
Shikha Books, 2022

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review