Delivery in 1-3 days
करिब दुई हजार वर्षअघि रोमन साम्राज्यअन्तर्गतको बेलायतमा रोमनहरूले राजधानीका रूपमा विकास गरेको 'लन्डिनियम' क्षेत्र नै अहिलेको लन्डन सहर हो । त्यही प्राचीन लन्डिनियमको खोजयात्राबाट पाइला चालेका नियात्राकार कृष्ण बजगाईंले बेलायत, जर्मनी र नेदरल्यान्डका विभिन्न सहरहरुको यात्रा गरेका छन् । ती स्थानका इतिहास, कला, संस्कृति, सभ्यता र रहस्यमय आधुनिक जीवनशैलीसम्बन्धी तथ्यपरक एवम् ज्ञानवर्द्धक सूचनाहरू यस कृतिमार्फत रोचक ढङ्गबाट प्रस्तुत भएका छन् ।
पच्चिस वर्षदेखि डायस्पोरिक जीवन व्यतीत गरिरहेका साहित्यकार कृष्ण बजगाईंले नेपाली नियात्रा लेखनमा आफ्नो छुट्टै पहिचान बनाएका छन् । उनी गन्तव्य क्षेत्रको चयनदेखि स्थानीय विषयवस्तुको जीवन्त चित्राङ्कनसम्म अत्यन्त सचेत बन्दै तथ्यपरकतालाई कलात्मकतामा रूपान्तरण गर्न सक्ने अद्भुत प्रतिभावान् नियात्राकार हुन् । उनका प्रत्येक नियात्रालाई पाठक वर्गले सूचनाप्रद, प्रेरणादायी र रोचक मान्ने गरेका छन् । नियात्रा, कथा, लघुकथा, कविता, हाइकु र बालसाहित्यजस्ता नेपाली भाषा वाङ्मयका विधाहरुको उन्नयनमा निरन्तर क्रियाशील बजगाईंको यो लन्डिनियम पच्चिसौं साहित्यिक कृति तथा छैटौँ नियात्रासङ्ग्रह हो ।
Your review helps others make informed decisions
Click on a star to start your review