Currently not available.
Contact us for further queries.समाजशास्त्री चैतन्य मिश्र यो पुस्तामा नेपाली समाजका विचार व्याख्यातामध्येका एक प्रमुख विद्वान् हुन् । यस पुस्तकमा समाजशास्त्र मात्रै नभई यसैसँग जोडिने राजनीति र अर्थनीतिबारे उनले पछिल्लो एक-डेढ दशकमा गरेका बहस लेखकले प्रस्तुत गर्न खोज्नु भएको छ ।
समाजशास्त्री चैतन्य मिश्रको राजनीतिक चिन्तनको उपज हो, यो पुस्तक । नेपालको राजनीतिक रूपान्तरणलाई समाजशास्त्रीय दृष्टिले हेर्दा जे-जस्ता परिदृश्य देखिएका छन्, तिनलाई खरो शब्दमा किताबमा उतारिएको छ । उनको दृष्टि-कोण हो : हरेक परिवर्तनका विशिष्ट सांस्कृतिक, राजनीतिक र आर्थिक कारण हुन्छन्, ती स्वतः वा प्राकृतिक वा दैवी हुँदैनन् ।
यसमा लोकतन्त्रको पुँजीवादी आर्थिक जरो खोतल्दै लोक र लोकतन्त्रलाई कमजोर तुल्याउने दलतन्त्रको आलोचना गरिएको छ । गणतन्त्र र समावेशिताका लागि योगदान दिएको माओवादी राजनीतिको वैचारिक चिरफार गरिएको छ । २०६२/०६३ को आन्दोलनपछि सबैजसो राजनीतिक दलका लागि 'सामाजिक लोकतन्त्र'ले साझा अर्थ-राजनीतिक आधार प्रदान गर्ने मतको वकालत गरिएको छ । मार्क्सवादी, सोभियत, चिनियाँ मोडलका नौलो जनवाद, समाजवाद र साम्यवादको खण्डन गर्दै जिकिर गरिएको छ- नेपालमा तत्कालै पुँजीवादलाई निषेध गर्न वा समाजवादी बन्न सायद सकिँदैन ।
Your review helps others make informed decisions
Click on a star to start your review