Loktantra ko Pran Pratistha

Loktantra ko Pran Pratistha

लोकतन्त्रको प्राण-प्रतिष्ठा

Paperback
Rs 100

पछिल्लो बाहिरी पृष्ठबाट

अहिले नेपालमा लोकतन्त्र छ भन्न नसकिने, र छैन भन्न पनि नमिल्ने स्थिति छ । लोकतन्त्रलाई शरीर मान्ने हो भने अपेक्षित अंगहरू सबै छन्—संसद् छ, निर्वाचित सरकार छ, स्वतन्त्र न्यायपालिका छ । नागरिकका अधिकार मात्रै होइन, सामाजिक, सांस्कृतिक र आधारभूत आवश्यकता पूर्ति समेत संविधानले प्रत्याभूत गरेको छ । तर, बहुसंख्यक नागरिकले लोकतन्त्र अनुभूति गर्न पाएका छैनन् । हामीले लोकतन्त्ररूपी शरीरमा आभूषण त थोप¥यौं, प्राण भर्ने कामचाहिँ कुशलतापूर्वक सम्पन्न गर्न सकेनौँ । “आदर्श” लोकतान्त्रिक राज्य नेपालमा शीघ्र स्थापित हुन्छ वा एकाएक उदाउँछ भन्ने होइन, तर केही मान्यताहरू, संरचनाहरू र संस्कृतिहरू छन्, जसको स्थापना वा पुनःस्थापनाबाट मात्र हाम्रो समाज, र राज्यको पुनःउत्थान हुनसक्छ । त्यसैले हाम्रा प्रयत्न त्यतैतिर निर्देशित हुनुपर्छ । यी प्रयत्न कुनै संरचना-विशेषसँग सम्बन्धित छैनन् । हाम्रा आन्दोलन, हाम्रा क्रान्तिहरूले स्थापित गर्न खोजेका मान्यताहरूसँग सम्बन्धित छन् । यस्ता मान्यताहरूको स्थापनाबाट संरचनाहरूमा ज्यान पलाउँछ, लोकतान्त्रिक संस्थाहरू जीवन्त हुन्छन्, र लोकतन्त्र लोकको निम्ति अर्थपूर्ण हुने दिशातर्फ उन्मुख हुन्छ । लोकतन्त्रभन्दा उत्तम राजनीतिक प्रणाली नभेट्टाएसम्म लोकतन्त्रको विकल्प सबल लोकतन्त्र नै हो । “प्राण-प्रतिष्ठा” शब्दावलीको यथार्थ पनि यही हो । लोकतन्त्रको आदर्शप्रति दरिलो प्रतिबद्धताको निम्ति आह्वान हो । लोकतन्त्रमा प्राण भर्ने यज्ञमा हामी नागरिकहरूको समेत प्रतिबद्धता र योगदान अपरिहार्य छ ।