Lok Sewako Tayari Kasari Garne's front cover
Lok Sewako Tayari Kasari Garne's front coverLok Sewako Tayari Kasari Garne's back cover

Lok Sewako Tayari Kasari Garne

लोक सेवाको तयारी कसरी गर्ने
E-book
Rs 100
Paperback
Rs 350
Genre:Loksewa Preparation
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937065948
ISBN10:9937065941
Weight:122 g
Published: 2019
Edition:1

पुस्तकको बारेमा

यस पुस्तकको उद्देश्य लोकसेवा मार्फत लिइने विभिन्न सेवा/समूहको वस्तुगत बहुउत्तर (Multiple choice) र विषयगत (Subjective) प्रश्नहरूको तयारीका साथै अन्तर्वार्ताको तयारी कसरी गर्ने सम्बन्धमा विद्यार्थीलाई Guide गर्नु र Motivate गर्नु हो । 

पछिल्लो बाहिरी पृष्ठबाट

सरोज कुमार राय शिक्षा मन्त्रालय (MoE) को छात्रवृत्ति अन्तर्गत जनस्वास्थ्य स्नातक (BPH) विषयमा final year TU Batch Topper रही शैक्षिक उपाधी हासिल गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत विगत १० वर्षदेखि खरिदार, सुब्बा हुँदै हाल अधिकृत स्तरमा कार्यरत हुनुहुन्छ । पढ्ने र पढाउने कार्यमा रुचि राख्ने उहाँ लोक सेवा परीक्षा तयारी सम्बन्धी गतिबिधिमा निरन्तर संलग्न रहिआउनु भएको छ ।

उहाँ लोक सेवा परीक्षा तयारी सम्बन्धि आफ्नो ज्ञान, अनुभव र सिप देश भरीका आम नेपाली विद्यार्थी समक्ष पुयाउने प्रयास स्वरुप यो पुस्तक तयार गर्नुभएको छ ।


Saroj Kumar Ray is a Public Health Officer under the Ministry of Health and Population. He stood final year TU Batch Topper in Bachelor of Public Health under the scholarship of MoE. Due to his strong interest in learning and teaching, he is continuously active in Public Service Preparation Exams for more than a decade.  Through this book (Lok Sewa Ko Tayari Kasari Garne) Saroj Kumar Ray wants to share his knowledge, skill, and experience related to Public Service Preparation (Lok Sewa Ko Tayari) to Nepalese students and teachers all over the world.


पुस्तकको विशेषताहरु 

 लोक सेवा तयारी सम्बन्धी भ्रम, समस्याहरू, जिज्ञासाहरूको समाधान सरल शब्दमा बताइएको। 

 Toppers, Professors. सफल व्यक्तिहरूले अपनाएका idea, tips, techniques. strategics समेटिएको । 

 Objective र Subjective paper तयारी सम्बन्धी proven method हरू बताइएको ।

 घरमै बसी लोक सेवाको तयारी गर्न सघाउने ।

यो किताब आफैमा एउटा "कोचिङ्ग संस्थान" भएको । 

परीक्षाको तयारी सम्बन्धी व्यावहारिक, आधारभूत तथा नभई नहुने कुराहरू चर्चा गरिएको । 

यो पुस्तक कसको लागि 

यो पुस्तक लोक सेवाको तयारी गर्दै गरेका वा भविष्यमा तयारी गर्ने सोच राख्ने हरेक सेवा समूह (नेपाल स्वास्थ्य, नेपाल आर्थिक योजना तथा तथ्याङ्क, नेपाल परराष्ट्र सेवा, नेपाल प्रशासन, नेपाल लेखापरीक्षण, नेपाल वन, नेपाल विविध, नेपाल शिक्षा, नेपाल संसद, नेपाल न्याय, नेपाल इन्जिनियरिङ्ग, नेपाल कृषि) र स्कुलदेखि कलेज स्तरसम्मका विद्यार्थीहरूका साथै कोचिङ्ग क्लास टिचरहरू, अभिभावकहरू सबैका लागि उतिकै उपयोगी छ ।