Kasaiko Yaha Mrityu Bhayeko Cha
Kasaiko Yaha Mrityu Bhayeko ChaKasaiko Yaha Mrityu Bhayeko Cha

Kasaiko Yaha Mrityu Bhayeko Cha

कसैको यहाँ मृत्यु भएको छ

E-book
Rs 100
Genre:Poetry
Language: Nepali
Published:January 28, 2021
Edition:1st

पुस्तकको बारेमा

उद्योगपति बने, विश्वविद्यालयको शिक्षक बने, सम्पादक बने, अर्थ-राजनीतिक विश्लेषक बने। अनि लेखक। तर कविता स्फूर्त निःसृत भयो। यसको लागि उनले कवि बन्नु परेन। सन् १९७२ बाट लेखन यात्रा सुरु भयो वसन्त लोहनीको, अङ्ग्रेजी पत्रिकाहरू - 'दि कमनर' र 'दि मदरल्याण्ड'बाट । तर कविताको यात्रा लेख्न जान्ने भएदेखि नै आरम्भ भयो। कारण थियो उनी सधैँ तरङ्ग बोकेर बाँचेका थिए। यही तरङ्ग नै उनको एकल संवाद बन्यो - मनभित्रका हरेक हलचलबारे आफैसँग कुरा गर्ने । यसबारे विनोद सिजापतीले स्कुलमा छँदा जे देखे त्यो यसरी वर्णन गर्छन् - “बसमा होस कि चौरमा, वसन्तको विलक्षण गुण थियो बिना कागत कलम समाएर उसले त्यहाँको अवस्थालाई कविताको विषय बनाएर कविता वाचन गर्न सक्ने । मुखै बाट रचना गर्न सक्ने अभूतपूर्व सामर्थ्य थियो।”

हराएका कविताहरू जम्मा भएर बनेको छ यो कविता सङ्कलन - ‘कसैको यहाँ मृत्यु भएको छ’। उनन्चास कविताहरूले सुन्दर समग्रता बोकेका छन् एउटा फराकिलो क्यानभासमा। त्यो समग्रतामा जीवन छ, प्रेम छ, समाज छ, आगो छ, अनि बालकको जस्तो निश्चलता छ, जसलाई जतन गरेर सुमसुम्याउनु पर्ने हुन्छ। 


...कविताहरु सागरझैँ छन्, गहिरा, अशान्त र लहरहरुको द्वन्दले भरिएको । जुन कुरा त्यस सागरमा हेलिँदै, तैरिँदै र डुब्दै आस्वाद लिएर मात्र पुग्दैन, किनारमा बसेर सागरलाई नियाल्ने धैर्य पनि पाठकसँग हुनुपर्छ
- विप्लव प्रतीक, कवि

About the Book

This book is an anthology of poems by Basanta Lohani. The poems in this collection have been published sporadically in different magazines and newspapers.

RELATED BOOKS