Karma
KarmaKarma

Karma

कर्म: सिकाइमा गहिरिएको खाडल

Paperback
Rs 825
Genre:Fiction
Language : Nepali
Published: February 07, 2024
Edition:4th
Paperback
Origin:Nepal
ISBN13:9789937 692021
ISBN10:9937692024

पछिल्लो बाहिरी पृष्ठबाट

दामोदर न्यौपाने गैरआख्यान लेखनमा स्थापित नाम हो | कान्तिपुर कोपिलाको पूर्व सम्पादक समेत रहेका न्यौपाने साना र सामान्य ठानिएका विषयलाई सरल र गहन रूपमा उठाउन खप्पिस छन् । समाजशास्त्र / मानवशास्त्रमा स्नातकोत्तर न्यौपाने खासगरी बालबालिका, बालमनोविज्ञान, बालव्यवहार, अभिभावक शिक्षा, इतिहास, समाज, सम्पदा र संस्कृतिमा विज्ञता राख्छन् । विषयवस्तुलाई निर्भिक ढङ्गले उठाउनु उनका लेखनका थप विशेषता हुन् । दुई दशकदेखि कान्तिपुर दैनिकमा आवद्ध न्यौपानेले शसस्त्र युद्धताका राज्य र विद्रोही पक्षले दिएको तनावको परवाह नगरी कार्यक्षेत्रमा डटेर कलम चलाएकाले अन्तराष्ट्रिय प्रेस इन्स्टिच्युट र फ्रिडम फोरमबाट साहसी संवाददाता सम्मान, श्रीधर आचार्य राष्ट्रिय पत्रकारिता पुरस्कार, सामूदायिक वन राष्ट्रिय सम्मान, तिरूपती साहित्य सम्मान, गोल्डेन पिक सम्मान, केएमसी साहित्य सम्मान लगायत दर्जनौं सम्मान तथा पुरस्कार पाएका छन् । सिन्धुपाल्चोक ठोकर्पामा जन्मिएका न्यौपानेको एम्बुसमा ६ वर्ष, ट्यालेन्ट शो, स्वर्णिम समय, हाडको डोको, सम्पदा लडाइँ, दास प्रथाको नयाँ रूप जस्ता पुस्तक प्रकाशित छन् । शिक्षा र बालबालिकाका क्षेत्रको गहन खोज हो कर्म । यसले अभिभावकलाई बालमनोविज्ञान बुझेर व्यवहार गर्न प्रोत्साहित गर्नेछ । बालबालिकालाई समाज बुझ्न सहयोग पुऱ्याउनेछ । शिक्षकलाई बालबालिकाको अवस्था बुझ्न सहयोग गर्नेछ | नीतिनिर्माण, योजना, तर्जुमा तथा कार्यान्वयन तहमा बस्नेलाई सिकाइमा गहिरिएको खाडल पुर्न झकझकाउने छ ।