Kamini Aama's front cover

Kamini Aama

कामिनी आमा
Kamini Aama's front coverKamini Aama's back cover

Paperback

Delivery in 1-3 days

About the Book

The book is different from other books published by Samata Foundation. The poet of Kamini Aama, Rambabu Subedi (Rajiv) has tried to motivate Nepali Dalit youth through this collection of poems. The first edition of this book was published in 2039 B.S. The second edition came out in 2067 B.S and third edition was published in 2073 B.S. The poems included in this collection are equally relevant for almost four decades of publication. This collection of poems is very inspiring for the Dalits and marginalized communities. The book has presented the existing social and discrimination in Nepali society that will touch your heart and soul.

पछिल्लो बाहिरी पृष्ठबाट

राजीवका कविताहरूमा नेपालको सामाजिक यथार्थताको अभिव्यक्ति पाइन्छ । समाजमा रहेका आर्थिक, राजनैतिक, सामाजिक र सांस्कृतिक उत्पीडनलाई उनले 'कमिनी आमा' कवितासङ्ग्रहमा अत्यन्त मर्मस्पर्शी अभिव्यक्ति दिएका छन् । -अमर गिरी
कवि राजीवको 'कमिनी आमा' कवितासङ्ग्रहमा एकातर्फ नेपाल राष्ट्रप्रतिको गहिरो प्रेम प्रकट भएको छ भने अर्कातर्फ नेपाली समाजमा विद्यमान सामाजिक तथा आर्थिक विभेदलाई भस्मीभूत पार्ने आग्नेय अभिव्यक्तिको दनदनाउँदो ज्वाला भेटिन्छ ।

    - प्रा.डा. महादेव अवस्थी

कवि राजीवले 'कमिनी आमा' कवितासङ्ग्रहमा विद्रोह, आशा, परिवर्तन, श्रम, राष्ट्रियता र शोषणलाई कविताको विषय बनाएका छन् । सामन्ती र पूँजीवादी विकृतिप्रति उनको तीव्र विरोध छ । शैली सरल छ । विम्ब र प्रतीकहरू भाव सम्प्रेषण गर्न सफल छन् ।

- घनश्याम ढकाल

मान्छेप्रतिको प्रगाढ विश्वास र विश्वमानवताप्रतिको आस्था तथा श्रमजीवी मान्छेको सौन्दर्यभन्दा उच्च सौन्दर्य अर्को हुँदैन भन्ने सौन्दर्यदृष्टि नै 'कमिनी आमा' कवितासङ्ग्रहका कविताको प्राण हो ।

  -रामप्रसाद ज्ञवाली

सर्वसाधारण जनताले सजिलै बुझ्ने भाषामा पनि उच्च कविता लेख्न सकिन्छ भन्ने

नमुना खोज्नुपरे 'कमिनी आमा' पढे पुग्छ ।

-मित्रलाल पंज्ञानी

All Editions

9789937906463
Paperback
ISBN13: 9789937906463
Samata Books, 2017