Delivery in 1-3 days
यसा मिडियाकी क्या मिडिया भन्ना
केई हुने हो कि, निकालदिउँ ? भिडिया भन्ना
मैल तमसुक हेरि थापायाँ हु बाज्या नाउँ
तमि गुगल भन्ना विकिपिडिया भन्ना
हामील बनायाका यि हुकुमका पत्ता
अजेल हामीकनै पान र चिडिया भन्ना
अछामको हरिनगर, ठुलासैन निवासी कमल सङ्घर्ष नेपाली गजल साहित्यका स्वनामधन्य स्रष्टा हुन्। डेढ दशकभन्दा बढी समयदेखि गजल लेखनमा सक्रिय सङ्घर्ष नेपाली तथा खस–नेपाली भाषाका अब्बल गजलकारका रूपमा परिचित छन् । गजलमा विस्मयकारी गतिशीलता, मौलिकता र सूत्रात्मक कथनशैली उनका प्रमुख विशेषता हुन्। उनका सडक गजलसङ्ग्रह (२०७३) र खुडी गजलसङ्ग्रह (२०७९) र हालै 'हियाका कुडा' गजलसङ्ग्रह (२०८२) प्रकाशित छन् ।
Your review helps others make informed decisions
Click on a star to start your review