Delivery in 1-3 days
Delivery in 1-3 days
बेलाइती कूटनीतिज्ञ ब्रायन हुटन हज्सनले १९ औं शताब्दीमा नेपालबाट संकलन गरेका पाण्डुलिपिहरू ब्रिटिस लाइब्रेरीमा सुरक्षित छन् । स्कुल अफ ओरिएन्टल एन्ड अफ्रिकन स्टडिज, युनिभर्सिटी अफ लन्डनअन्तर्गत सञ्चालन भएको हज्सन परियोजनामा पाण्डुलिपिहरूको सूचीकरण तथा अध्ययन कार्य भइरहेका बेला डा. रमेश ढुंगेलसँग लिम्बू भाषा विषयमा प्राज्ञिक सहयोग गर्न आदरणीय बैरागी काइँलाले सन् २००४ जुलाई ६ देखि अगस्ट १६ सम्म सहकार्य गर्नुभएको थियो । उक्त ६ हप्ते सहकार्यका क्रममा काइँलाले पाण्डुलिपिहरूको गहिरो अध्ययन गर्नुभयो । त्यस सिलसिलामा फेला परेका विभिन्न प्रतिलिपिको तुलना, भाषिक विश्लेषण र ऐतिहासिक सन्दर्भसहितको अनुसन्धानपछि हात लागेको ठोस परिणाम नै यो पुस्तक हो ।
Your review helps others make informed decisions
Click on a star to start your review