Currently not available.
Request this bookगुनकेसरी एउटी बेहद भावुक केटी। केटाकेटीको उमेर अन्जानमै बित्यो। बैंस प्राप्त गरेर उसमा सबभन्दा ठूलो ममता त पहिले आफ्नै तिर उम्ल्यो। उसले पहिले आफ्नै आदर गर्न लागी – ऊ सुन्दर थिई, कोमल थिई, मनोहर थिई र ऊ जान्ने थिई, ऊ दयावान् थिई, ऊ भलाद्मी थिई; ऊ अत्यन्त उदार, भद्र, सोझी, भोला हृदयकी थिई; यसैले उसलाई आदर गर्नुपर्ने हो, उसलाई श्रद्धा दिनुपर्ने हो। ऊ कसैलाई केही गरेर दुःख दिन चाहन्नथी, कसैसित कुनै लाभ उठाउन चाहन्नथी, कसैको विगार्न चाहाथी र सके देखि सबैको उपकार गर्न चाहन्थी।