Delivery in 1-3 days
नेपाली साहित्यको फाँटमा वेद भट्टराई नवोदित नाम हो । यसअघि उहाँको मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा देखिएका यथार्थ घटनाहरूमा आधारित कथाहरू ‘मानव अधिकारको गहिराइ : केही घटना र चुनौतीहरू’ कृति प्रकाशित छ । राष्ट्रिय मानव अधिकार आयोगको सचिव रहिसक्नुभएका भट्टराईको जन्म लहान, सिरहामा भएको हो ।
त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन र कानूनमा उच्च शिक्षा हासिल गर्नुभएका भट्टराईले अफ्रिका, अमेरिका, अस्ट्रेलिया, एसिया तथा युरोपका केही देशको भ्रमण गर्नुभएको छ । यथार्थता र मानवताको धरातलमा उभिएर उहाँले लेख्नुभएको यो कवितासङ्ग्रह 'ग्रहणदान' कविको युवा अवस्थाको भावना, जीवन र समाजको प्रतिबिम्ब पनि हो ।
Your review helps others make informed decisions
Click on a star to start your review