Delivery in 1-3 days
हिमाच्छादित पर्वत, पर्वतारोहण, हिमाली जाति र तिनको संस्कृतिका बारेमा नियात्रा पुस्तकहरू लेख्ने र मुलुकभित्र सर्वाधिक बिक्री हुने लेखक हुन्- प्रतीक ढकाल । उनी हिमाल र पर्वतका अनन्य मित्र मात्र होइनन्, भक्त र उपासक समेत हुन् । यही भक्तिका प्रतापले होला, यिनका कलममा पाठकलाई लठ्याउने जादू छ । प्रतीकले लेखेका किताबहरू पढ्न थालेपछि छोड्न सकिँदैन ।
-वैरागी काइँला
२०६८ सालमा प्रथम पटक प्रकाशित प्रतीक ढकालको नियात्रा 'गण्डकीको मुहानतिर' प्रथमतः यसको मनास्लु आस्वादनको रोमाञ्चकारी चित्रणका कारण विशिष्ट छ । तर, मेरालागि यो कृति अन्य एक कारणले पनि चिरस्मरणीय बन्न पुगको छ । सो के भने, पहाडमै जन्मेर, नसानसामा पहाडी रगत बोकेर, पहाडकै अणुवंश लिएर बाँचिरहेको मभित्र सुषुप्त अवस्थामा रहेको पहाड प्रेम र पहाड-दर्शनलाई यस पुस्तकले लावा उरालेजस्तै गरी उरालिदियो । यो कृ पढेदेखि नै मलाई पहाड, र क्रमशः चुलिँदै जाने हिमाल केवल जमिनका थुप्रा मात्रै होइनन्, ती हामीभित्रकै प्राणतत्त्व र जीवन दर्शनका अजस्र स्रोतहरू हुन् भन्ने कुराको बोध हुन थाल्यो । त्यसपछि म उनका सबै नियात्राकृतिको एउटा सम्मोहित पाठक बन्न पुगेँ । यस सम्मोहनको लत ममा तब गएर प्रकटित भयो जब मैले मेरो विद्यावारिधि नै पर्वतीय साहित्यमा गर्ने निधो गरेँ । जति जति मेरो अध्ययन अगाडि बढिरहेको छ, उति उति मभित्रको पर्वतप्रेम आकाशिदै गइरहेको छ । मेरो जिज्ञासाको यो ऊर्ध्वगामी यात्राका उन्नायक नेपाली पर्वतीय साहित्यका एक अविश्रान्त साधक तथा नायक प्रतीक ढकाल हुन्, र यस उडानको स्पार्क प्लग उनको ‘गण्डकीको मुहानतिर' र उनका अन्य पर्वतीय नियात्राकृति नै हुन् ।
-महेश पौड्याल
Your review helps others make informed decisions
Click on a star to start your review