Euta Mayi Nagarma's front cover

Euta Mayi Nagarma

एउटा मायी नगरमा
Euta Mayi Nagarma's front coverEuta Mayi Nagarma's back cover

E-book

Rs 295

Paperback

Rs 525 750

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

वर्षौं काव्यिक मुग्धतामा रमाएका एक कविको नयाँ आख्यान- आविष्कार हो, एउटा मायी नगरमा । यसमा छन्- पुनः परिभाषित गरिनुपर्ने नवीन शैली, कथ्य, शिल्प र विम्बसहितका कथाहरू । यथार्थ कथा र पात्रहरू छन् तर उनीहरूको जादुयी खेलले पाठकलाई अर्कै लोकमा पुऱ्याउँछ । आफ्नै वरिपरि देखे-भोगेका अनुहार र चरित्रहरू यहाँ अचम्मको मायावी संसार खडा गरेर हृदयमा नयाँ ध्वनि झङ्कृत गरिदिन्छन् ।

कथाकार रमेश क्षितिजले ८० को दशकमा नेपाली कथा लेखनको नयाँ क्षितिज खोलेका छन्– जहाँबाट कथा - आख्यानको पृथक्, सुन्दर, स्वर्णिम र अलौकिक संसार चियाउन सकिनेछ ।

यसभित्रका कथा पढेपछि भेटिनेछ- आख्यानमा काव्यिक स्वाद, उच्च कल्पनाशीलता अनि मौलिक तथा हृदयस्पर्शी शैली भएको एउटा फरक कथावाचक !

All Editions

9789937753852
Paperback
ISBN13: 9789937753852
Book Hill, 2024